Erani Mahal
भाेलि सार्वजनिक विदा हाेइन, य:मरि पुन्ही र उधौली पर्व मनाउनेलाई बिदा
1574777443Ministry_Of_Home_Affairs

काठमाडाैँ - भाेलि बिहीबार सार्वजिनक विदा भएकाे भन्ने हल्ला चलेपनि सरकारले भने नेवार र किराँती समुदायलाई बिहीबार बिदा दिएको छ। य:मरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार बिदा दिइएको हो।

सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिनुभएकाे छ।

‘पर्व मनाउनेहरूका लागि मात्रै बिदा दिइएको हो’ उहाँले भन्नुभयाे, ‘क्याबिनेटले सार्वजनिक बिदा तोकेको छैन।’

क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update