Erani Mahal
तिनाउँ कोल्डाँडाको पृथ्वी प्रकाश माविमा कक्षा थप हुने
d-f

पाल्पा– तिनाउँ गाउँपालिका ४ कोल्डाँडामा रहेको पृथ्वी प्रकाश माविमा कक्षा थप हुने भएको छ ।
विद्यालयको अहिले कक्षा १० सम्म पढाईहुँदै आएकोमा अब दुई कक्षा थप गरेर कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।


गाउँपालिकाले प्रत्येक वडामा मावि संचालन गर्ने नीति रहेकोले उक्त विद्यालयमा ४ सय बढी विद्यार्थी रहेकाले मावि संचालनको लागि आवश्यक काम सुरु गरिएको प्रमुख घर्तीले रानीमहललाई बताउनुभयो ।


विद्यालयमा ११ र १२ थप गर्ने कि नगर्ने भनेर आयोजना गरिएको अभिभावक भेलामा ससमेत थप गर्ने निर्णय गरेको छ । कार्यक्रममा अध्यक्ष घर्ती, प्रबक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष दानबहादुर गाहा, युवा समन्वय समितिका अध्यक्ष प्रेम श्रेष्ठ, प्रअ भूमिसरा सुनारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालबहादुर दर्लामी लगायतले विद्यालयमा १२ सम्म कक्षा चलाउनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर आलेको अध्यक्षतामा बसेको भेला शिक्षक कृष्ण रेग्मीले संचालन गर्नुभएको थियो ।


२०१० सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १० सम्ममा ३ सय ९० जना विद्यार्थीले अध्ययन गर्दै आइरहेको विद्यालयका प्रअ भूमिसरा सुनारीले रानीमहललाई बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update