Erani Mahal
करदाता सेवा कार्यालय पाल्पामा ४ महिनामा २३ करोड राजस्व संकलन
Tax

पाल्पा – करदाता सेवा कार्यालय पाल्पाले पहिलाे चौमासिक सम्ममा २३ करोड रुपैंया बराबरको राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालय पाल्पालाई आन्तरिक राजस्व कार्यालय बुटवलले वार्षिक लक्ष्य नदिएको भएता पनि गतवर्षको लक्ष्यभन्दा दोब्बरबढी राजस्व संकलन हुने करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताउनुभयो ।

उहाँले कार्यालयमा चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलाे चौमासिकसम्ममा व्यक्तिगत वा एकलौटी फर्मको आय कर वापत ७ करोड ६४ लाख ८८ हजार ४ सय ५२, पारिश्रमिक आयकर १ करोड ८२ लाख ५६ हजार २ सय ५७, पूँजीगत लाभकर व्यक्तिगत ४४ लाख ८८ हजार, सरकारी प्रतिष्ठानबाट २१ हजार, प्रालिबाट २१ लाख ८२ हजार, अन्य निकायबाट आयकर १९ लाख ७३ हजार, पूजीगत लाभकर ३ लाख ५४ हजार रुपैंया संकलन भएको छ ।

वाहाल कर १२ लाख ५९ हजार, व्याजकर ७६ लाख २६ हजार, लाभांश कर ८ लाख ८७ हजार, आकस्मिक आयकर ९३ हजार, अन्य आयकर १४ हजार, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षाकर १ करोड ९३ लाख ९६ हजार असुली भएको छ । यस्तै मुल्य अभिवृद्धिकर उत्पादन १२ लाख २ हजार, मुअक वस्तु विक्रीमा २ करोड ८४ लाख ४८ हजार, मुअकर परामर्श र ठेक्कामा ५ करोड ३० लाख ६७ हजार, मुअकर पर्यटन सेवामा ३ लाख २५ हजार, संचार विमा, हवाई र अन्यको मुअकर २ लाख ७८ हजार, रिर्भससेवा ३६ लाख ३८ हजार, अन्तशुल्क सुर्तीजन्य पदार्थको ८ लाख, मदिराको अन्तसुल्क ९३ लाख २४ हजार, अन्य औधोगिक कारोवारको अन्तशुल्क वापत ३३ हजार गरी कुल २३ करोड ९८ लाख ६५ हजार बढी राजस्वको कारोवार भएको पोखरेलले बताउनुभयो ।

यो कारोवार दोस्रो चौमासिकको पहिलो हप्तासम्मको हो । कार्यालयको क्षेत्र फराकिलो भई पाल्पा र गुल्मीका व्यवसायीहरुको समेत कर सम्बन्धि काम र राजस्व संकलन भएपछि लक्ष्य भन्दा बढी राजस्व असुली भएको प्रमुख पोखरेलले बताउनुभयो ।

कार्यालयमा आ.व. २०७४÷०७५ मा व्यक्तिगत वा एकलौटी फर्मको आय कर वापत ११ करोड ३० लाख ६ हजार ८७, पारिश्रमिक आयकर ३ करोड २४ लाख १० हजार ८८, पूँजीगत लाभकर व्यक्तिगत १६ करोड ५१ लाख, सरकारी प्रतिष्ठानबाट ८९ हजार, प्रालिबाट ५७ लाख १९ हजार, अन्य निकायबाट आयकर १ करोड ४९ लाख ४५ हजार, पूजीगत लाभकर २१ लाख २७ हजार रुपैंया संकलन भएको छ ।

गत आ.व.मा वाहाल कर १ करोड ९६ लाख ७० हजार, व्याजकर १ करोड २४ लाख २४ हजार, लाभांश कर ७० हजार, अन्य लगानीको आयकर २ लाख ७८ हजार, आकस्मिक आयकर ६ लाख ९ हजार ७ स, अन्य आयकर ४८ हजार, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षाकर ४ करोड १० लाख १० हजार असुली भएको छ । स्वास्थ्य सेवा शुल्क ५९ हजार, शिक्षा सेवाशुल्क ७ लाख ३६ हजार, यस्तै मुल्य अभिवृद्धिकर उत्पादन ६ लाख ४ हजार, मुअक वस्तु विक्रीमा ४ करोड ७० लाख ४४ हजार, मुअकर परामर्श र ठेक्कामा ६ करोड १९ लाख ९२ हजार, मुअकर पर्यटन सेवामा १८ लाख १४ हजार, संचार विमा, हवाई र अन्यको मुअकर ६ लाख ३८ हजार, रिर्भससेवा २ करोड ६९ लाख ४७ हजार, अन्तशुल्क सुर्तीजन्य पदार्थको २ लाख ८९ हजार, मदिराको अन्तसुल्क ६१ लाख ९६ हजार, अन्य औधोगिक कारोवारको अन्तशुल्क वापत ७३ हजार ८ सय ९७ गरी कुल ४० करोड ५९ लाख ४४ हजार ७ सय ९० रुपैंया राजस्वको संकलन भएको प्रमुख पोखरेलले बताउनुभयो ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कारोवार दोब्बरले बढ्ने अनुमान रहेको प्रमुख पोखरेलले बताउनुभयो । उहाँले गाउँगाउँसम्म करदाता शिक्षा, शिविर, चेतनामुलक कार्यक्रम, अनिवार्य प्यान र भ्याट दर्ता, पुराना संघ संस्थाले पनि अनिवार्य करमा दर्ता, गुल्मी जिल्लामा समेत कार्यक्षेत्र बढ्नु जस्ता कारणले गर्दा यस वर्ष राजस्व बढ्ने अनुमान गरिएको बताउनुभयो ।

करकार्यालय सदैव व्यवसायीको सहयोगी भएकाले करसँग नडराएर कारोवार गर्न व्यवसायीलाई प्रमुख पोखरेलले आग्रह गर्नुभयो, तपाईहामीले तिरेको करबाटै समृद्ध राष्ट्र निर्माणमा सहयोग पुग्दछ प्रमुख पोखरेलले भन्नुभयो, व्यवसायीहरु ढुक्कसाथ आफ्नो हरहिसाव पारदर्शी ढंगले राखेर कारोवार गर्नु पर्दछ । उहाँले अन्तशुल्क छली, भ्याट छली, अन्डरविलिङ्ग, मिसम्याच जस्ता समस्यामा कार्यालयले शुक्ष्म ढंगले निगरानी गर्ने भएकाले त्यसतर्फ नलागी कानून अनुसार कारोवार गर्न समेत सबै व्यवसायीमा अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update