Erani Mahal
जापानी नागरिक ओके बाजेद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
79237656_535556280422076_8757990975755780096_n

पाल्पा - जापानी नागरिक काजुमासा काकीमी (ओके बाजे)ले स्थापना गर्नुभएकाे अक्षयकाेषबाट सिन्दुर आधारभूत विद्यालय निस्दी-६,अर्चले, पाल्पाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ । (ओके बाजे)ले स्थापना गर्नुभएकाे ८० हजारको झोला अक्षयकोषबाट शैक्षिक सामग्री वितरण गरिएको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै ओके बाजीले अहिलेका नानीबाबुहरु भोलिको देशको खम्बा रहेको बताउदै राम्ररी पढ्न सुझाब दिनुभएको थियो । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई वितरण गरिएको कार्यक्रममा समाजसेवी ओके बाजीले ३० हजार रुपैयाँको गरीब तथा जेहेन्दार र २० हजार रुपैयाँको खेलकुद अक्षयकोष समेत स्थापना गर्नुभएको छ।

२०३९ सालमा स्थापना भएको विद्यालयमा १६२ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक हुम बहादुर सुनारीले बताउनुभयो ।

यसैबीच जापानीज समाजसेवी ओके बाजेले सात्दोबाटका आमा समूहका लागि २ लाख रुपैयाँ,अर्चले टोलका लागि ५० हजारको निर्व्याजी ऋण समेत प्रदान गर्नुभएको छ । त्यसै गरि गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका लागि १ लाख रुपैयाँको झोला अक्षयकोष र ३० हजारको गरीब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update