Erani Mahal
निस्दीमा लैंगिक हिंसा बिरूद्धकाे १६ दिने अभियान चल्दै
kg

पाल्पा – लैंगिक हिंसा र दुर्व्यबहार, छैन हामीलाई स्वीकार, भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मित्यालमा सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको सहयोग तथा निस्दी-४, मित्यालको आयोजनामा कार्यक्रम भएको हो ।

वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशा, मित्याल स्वास्थ चौकीका प्रमुख पुर बहादुर सारु, नेकपाका नर बहादुर सुनारी, नेपाली कांग्रेसका तास बहादुर कालुङ, गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले लैंगिक हिंसा न्यूनीकरणका विषयमा बोल्नुभएको थियो ।

महिला जनप्रतिनिधि तथा दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा रुक्सेभन्ज्याङ प्रहारी चौकी मित्यालका प्रमुख डेड बहादुर थापाले लैंगिक हिंसाको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन वडा सहायक सहबिर खनगाहाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update