Erani Mahal
प्रादेशिक सम्मेलनद्वारा शिक्षा सम्बन्धी ८ बुँदे प्रतिबद्धतापत्र जारी
78837024_643457562858580_296820332218548224_n

बुटवल - बुटवलमा जारी सार्वजनिक शिक्षा सुदृढीकरणका लागि प्रादेशिक सम्मेलनले ८ बुँदे प्रतिबद्धतापत्र जारी गरेकाे छ । आइतबार र साेमबार दुइ दिनसम्म संचालन भएकाे सम्मेलनले सार्वजनिक शिक्षा सुधारका लागि ८ बुँदे प्रतिबद्धतापत्र जारी गरेकाे हाे ।

प्रदेश नम्बर ५ र सुदुर पश्चिमप्रदेशका विभिन्न जिल्लाहरुवाट शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, शिक्षाविदहरु, विव्यसका अध्यक्ष, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरु, स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधीहरुको सम्मेलनमा सहभागिता रहेको थियो । सम्मेलनले सबै स्थानीय सरकारहरुले सरोकारवालाहरुको सहभागितामा आफ्नो छुट्टै शिक्षा ऐन, नीति र कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयमा बिभेदरहित वातावरणमा वालमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन भएको सुनिश्चित गर्ने प्रतिबद्धता जनाएकाे छ ।

यस्तै सार्वजनिक विद्यालयमा वालसुलभ, प्रविधीमैत्री, अपाङ्ग मैत्री भौतिक तथा मानवश्रोत (शिक्षक÷कर्मचारी, व्यवस्थापन समिति) तथा शिक्षाको गुणस्तरमा अभिबृद्धिकालागि स्थानीय सरकार र प्रदेश सरकारको तर्फबाट हुने लगानीमा बृद्धि गर्दै क्रमशः वार्षिक कुल वजेटको २० प्रतिशत पु¥याउने उल्लेख गरेकाे छ ।

विद्यालय सुशासनका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, नागरिक समाज र स्थानीय सरकारको समन्वयमा प्रभावकारी रुपमा विद्यालय अनुगमन गर्ने पद्धतिको बिकास गर्ने, विद्यार्थी सिकाई उपलब्धिमूल्याङ्घन प्रणालीमा सुधार ल्याउन स्थानीयसरकारहरुले एकरुपताकायम गर्ने प्रणालीको विकास गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएकाे छ ।

सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने, विद्यालयमा टिकाउने, सिकाउने र प्रतिस्पर्धी क्षमताका विद्यार्थी उत्पादन गर्ने गरी विद्यालय सुधार योजनाको तयारी, पुनरावलोकन र कार्यान्वयन गर्ने बताइएकाे छ । धार्मिक विद्यालयहरुलाई मूलप्रवाहीकरणमा ल्याउने साथै प्रदेश सरकारले गठन गरेको प्रदेश स्तरीयधार्मिक प्रकृतिका बिद्यालय व्यवस्थापन समन्वय समितिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने र विद्यार्थी शिक्षक अनुपात, विषयगतशिक्षक र विद्यालय कर्मचारीहरुको वैज्ञानिक व्यवस्थापनकार्यलाई आ–आफ्नो तहवाट कार्यान्वयन गर्दै लैजाने साेमबार जारी गरिएकाे प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सामाजिक स्रोत विकास केन्द्र नेपाल, पाल्पा र एक्सनएड नेपालको संयुक्त आयोजामा भएकाे सम्मेलनले यस्तो घोषणा गरेको हो । प्रतिबद्धता लेखन टिममा नारायण जीसी, थानेश्वर ज्ञावाली, लालवहादुर वली, विकल काफ्ले, नियाजअहमद् र जिवन सुबेदी रहनुभएको कार्यक्रम संयोजक चोपलाल गिरीले बताउनुभयो । सम्मेलनकाे उद्घाटन ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नुभएकाे थियाे ।

सम्मेलनमा प्रदेश सभा सदस्य तुलाराम घर्तीमगर, प्रदेशसभा सदस्य भाेजप्रसाद श्रेष्ठ, शिक्षा विद् डा. विद्यानाथ काेइराला, एक्सन एडका कार्यकारी निर्देशक सुजिता माथेमा, डा. इन्द्रमणी राइ, सुवेन्द्रमान श्रेष्ठ, थानेश्वर ज्ञवाली, एक्सन एडका स्राेत केन्द्र संयाेजक विष्णु शर्मालगायतले आ- आफ्नाे विचार राख्नुभएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update