Erani Mahal
पाल्पामा खानेपानीको ट्यांकीमा एक किशोर मृत फेला
death-body-1

पाल्पा- खानेपानीको ट्यांकीमा एक किशोर मृत फेला जिल्लाको तिनाउ गाउँपालिका-६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका छन्।

समाचार प्रतिनिधि तस्वीर गुगल ।

स्थानीय १६ वर्षीय रवीन पुन खानेपानीको ट्यांकीभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताउनुभयाे । उनी आइतबार मध्यान्न १२ बजेतिर फेला परेका हुन्। गाउँमा पानीको धारा नआएपछि पानी खोल्ने कर्मचारी पुगेर हेर्ने क्रममा पुन मृत भेटिएका थिए। उनले शव देखेपछि गाउँलेलाई खबर गरेका थिए। र त्यसपछि प्रहरीलाई खबर भएको थियो।

खबर भएलगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरेको थियो। मृतक पुन बिहीबार घरबाट निस्किएका थिए। घटना के कारणले घट्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयाे ।

खानेपानीको ट्यांकी अर्थात् घट्नास्थल गाउँभन्दा करिब एक किलोमिटर टाढा रहेको छ। घट्नास्थल एकान्त ठाउँमा रहेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update