Erani Mahal
पाल्पा अर्चलेको देउराली सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न
dada

पाल्पा- पाल्पा अर्चलेकाे देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था निस्दी-६,अर्चले,पाल्पाको १३ औं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ ।

प्रतिनिधि सभाका संसद दल बहादुर रानाले सहकारी मार्फत सीपमूलक कार्यक्रमहरु ल्याउनुपर्ने बताउदै कृषि क्षेत्रको लागि जोड दिनुपर्ने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले भन्नुभयो निस्दीखोला रेचेघाटमा पक्की पुल निर्माणको लागि आफू लागि परेको बताउनुभयो । कार्यक्रममा निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारुले अर्चलेलाई कागती पकेट क्षेत्रको घोषणा गरेको बताउदै यश योजनालाई सहकारीले सघाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेका अध्यक्ष मेख बहादुर सुनारी,रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुरक अध्यक्ष राजु प्रसाद श्रेष्ठ,नेकपा निस्दी संगठनका सचिव बलु गैरे,सचीव राम प्रसाद खत्री,सिन्दुर आधारभूत विद्यालय निस्दी-६,अर्चलेका प्रधानाध्यापक हुम बहादुर सुनारी लगायतकाले बोल्नुभएको थियो ।

बि.सं. २०६३ सालमा स्थापना भएको सहकारीमा ४०६ जना महिला र ३५५ जना शेयर सदस्य आवद्ध रहेका छन् । २ करोड ५९ लाख ७२ हजार ६३३ रुपैयाँ कारोबार गरेको यस संस्थाले यश वर्ष १२ लाख १५ हजार शुद्ध नाफा गरेको कोषाध्यक्ष लिमीसरा रानाले बताउनुभयो । कार्यक्रममा यस वर्ष उत्कृष्ट बचतकर्ता दिल बहादुर मश्राङ्गी र पुष्पा सारुलाई र उत्कृष्ट नमुना उद्देमी चुरा बहादुर बयम्बु र गङ्गी सरा खनगाहालाई सम्मान गरिएको थियो ।

सोमै अध्यक्ष रहेको ७ सदस्यीय संचालक समिति चयन

यसैबीच अधिवेशनले टेक बहादुर सोमै अध्यक्ष रहेको ७ सदस्यीय संचालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा महेन्द्र बयम्बु,सचीव होम बहादुर राई,कोषाध्यक्षमा सिर्जना खण्डलु रहनुभएको छ भने सदस्यहरुमा लिलाराम राई,खेम बहादुर बिक र प्रकाश राना रहनुभएको छ । त्यसैगरी एम बहादुर सार्कीको संयोजत्वमा ३ सदस्यीय लेखा समिती समेत चयन गरेको छ । संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन होम बहादुर राईले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update