Erani Mahal
पाल्पामा कसजुको १३ औं पून्यतीथिमा श्रद्धाञ्जली सभा
kasajujjj

पाल्पा- साहित्यकार तथा पत्रकार स्वर्गीय विनयकुमार कसजुको १३औं पून्यतीथिमा आइतबार तानसेनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखा र जिल्ला प्रशासन कार्याल पाल्पाको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

सभामा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले कसजुको सामाजिक र राजनीतिक दुवै क्षेत्रमा योगदान रहेको बताउनुभयो । कहिल्यै नरिसाउने र चर्को स्वरमा समेत नबोल्ने उहाँबाट सबैले समाजको विकास र राजनीति क्षेत्रमा पु¥याएको योगदानबाट पाठ सिक्नुपर्ने संसद पाण्डको भनाई थियो ।

सभामा वरिष्ठ पत्रकार मेघराज शर्माले स्वर्गीय कसजु विविधतायुक्त क्षमतावान व्यक्ति रहेको बताउनुभयो । उहाँले पाल्पाली पत्रकारिता क्षेत्रमा लगाएको योगदान अनुकरणीय रहेको शर्माले बताउनुभयो ।

सभामा जिल्ला प्रशास कार्यालय पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकार झपेन्द्र गहिरे, कसजुका सहयात्री राधाकृष्ण शर्मा, साहित्यका राजेन्द्र गोपाल सिंह, टंकप्रसाद पन्थ लगायतले स्वर्गीय कसजुको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

महासंघका सभापति राजेशकुमार अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव किरण कौशलले गर्नुभएको थियो ।

शोकसभामा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update