Erani Mahal
पाल्पाको ज्यामिरेमा खोरिया फाँडेर जंगलैभरी केरा खेती (हेर्नुहोस तस्वीर सहित)
79642928_2554818171254273_5577920889703366656_o

पाल्पा–पाल्पाको ज्यामिरेमा खोरिया जंगलमा केरा खेती गरिएको छ । निस्दी गाउँपालिका वडा नं. ७ ज्यामिरेका किसानहरुले अहिले खाेरिया जंगलमा लगाएको केरा खेतीबाट मनग्य आम्दानी गर्न समेत सफल हुनु भएको छ ।


जिल्लाको पूर्वी भेगमा रहेको दुर्गम गाउँ ज्यामिरे मलग्रामका २५ घरका स्थानीयहरु कबिलियति वन कार्यक्रम मार्फत १७ हेक्टर वन जंगल क्षेत्रमा केरा खेती गर्न सफल भएका हुन् ।


खोरिया फाँडेर केराखेति गर्नका लागि जिल्ला वन कार्यालय र कबुलियिति वन कार्यक्रम मार्फत सहयोग गरिएको जिल्ला वन अधिकृत माेहन पौडेलले बताउनुभयो । उहाँका अनुसार ४० वर्षका लागि कबुलियत गरेर सरकारले त्यसै खेर गएको जमिन, पाखोलाई कबुलियति वन विकासका लागि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो ।


ज्यामिरे मलग्रामका स्थानीयहरुले खोरिया बाँझो रुखो जंगल क्षेत्रमा २५ हजार केराको बोट लगाएका छन्, स्थानीय समूहका अध्यक्ष रमण बहादुर सारुले भन्नुभयो, लगाएको एक वर्षमा नै ३ लाख बढी आम्दानी गर्न समेत सफल भएका छौं ।


गत वर्ष ३ लाख आम्दानी भएको छ, अहिले ५ लाख क्रस गर्छ होला समूहका सचिव सञ्जिीता ठाडाले. भन्नुभयो, पहिले के हुन्छ होला भन्ने थियो अहिले डाँडैभरी केरा फलेको देख्दा काममा समेत उत्साह थपिएको छ ।


गौडादी र टोक्लाक्दीका २७ घर परिवार मिलेर कबुलियति वन समूहमा आवद्ध भएर सामुहिक रुपमा केरा खेती गरेका छन्, डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले भन्नुभयो, नाँगो र रुखो जमिनमा समेत केरा खेती हुने रहेछ भन्ने प्रमाणित भएको छ ।

पोखरेलका अनुसार वन पर्यटन र समृद्धिका लागि ज्यामिरेको यो ठाउँ नेपालकै नमुनाका रुपमा १ लाखको कबुलियति वन पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।

केरा खेतीको लागि कवुलियति वन कार्यक्रमको साथमा कृषि कार्यालयले ६ हजार, भू संरक्षणले ८ हजार विरुवा केराको सहयोग गरेका छन् यि बाहेक अरु सबै यही लगाएको केराबाट विरुवा छुट्याएर रोपण गरिएको कबुलियति वनका प्राविधिक रामप्रकाश चौधरीले बताउनुभयो ।


चौधरीका अनुसार केराखेती र कबुलियति वन कार्यक्रमले यस क्षेत्रको स्थानीयको दिनचार्य र जीवनशैलीमा समेत सुधार आएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update