Erani Mahal
तिनाउँको ओखलढुङ्गमा १ सय ५५ जना महिलाको स्वास्थ्य परीक्षण
IMG_2310

पाल्पा– तिनाउ गाउँपालिकाको वडा नं. १ कचल ओखलढुङ्गामा महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धि एक दिने निशुल्क जाँच गरिएको छ । दुर्गम वस्तीहरुको गाउँघरमै पुगेर स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले दुर्गमका वस्तीहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले रानीमहलाई बताउनुभयो ।


तिनाउँ गाउँपालिकाको स्वास्थ्य शाखा र अन्य संघ संस्थाको समन्वयमा गरिएको शिविरमा १ सय ५५ जना महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा परिवार नियोजन तर्फ ४२ जना, पाठेघरको क्यान्सर तथा यौनरोगको उपचार १८ जनाको गरिएको छ । एक जनालाई पाठेघरको थप उपचारको लागि रिफर समेत गरिएको छ ।


निशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका अध्यक्ष ओम घर्ती, प्रबक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोमबहादुर लम्तरी, वडा सदस्य बलबहादुर सारु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update