Erani Mahal
तिनाउँको कचल र मस्याममा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरु
IMG_0844

पाल्पा– तिनाउँको कचल र मस्याममा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरुभएको छ । यि वडाका गरीब, जेष्ठ नागरिक, अपाङ्ग, बालबालिका, पिछडा वर्ग, दलित, घरवार नभएका, प्रकोप पिडित, द्वन्द पीडित नागरिकको पुर्नउत्थान र उनीहरुको सामाजिक र आर्थिक विकासको लागि कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले रानीहललाई बताउनुभयो ।


गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालन गर्न कार्यविधि बनाएको छ । सोही कार्यविधिका आधारमा गाउँपालिकाका प्रमुख संयोजक, उपाध्यक्ष दमन्यती थापा र प्रदेश प्रमुखले तोकि पठाएको चक्रव्यूह थापा, गोमा भण्डारी सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु पनेरु सदस्य सचिव रहेको समिति समेत गठन भएको छ ।


सिफारिस तथा कार्यान्वयन समितिको समितिको बैठक बसेर कुल ५२ लाख बजेटको बाँडफाँड समेत गरेको छ । जसमा प्रशासनीक खर्च २ लाख, शिक्षा स्वास्थ्य क्षमता विकास कार्यक्रम २० लाख, पुर्नस्थापन तथा सामाजिक संरक्षणमा २० लाख, रोजगारी सिर्जना तथा आयआर्जन वृद्धिमा १० लाख विनियोजन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले रानीमहललाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update