Erani Mahal
रामपुरमा गण्डकी क्लष्टरका सहकारीकर्मी विच  सिकाई व्यबस्थापन गोष्ठी
D-2

पाल्पा- अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरको आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा गण्डकी क्लस्टर अन्तरगतका दश ओटा सहकारी संस्थाका सल्लाहाकार पदाधिकारी, कर्मचारीहरुलाई ११ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

गण्डकी क्लष्टर अन्तर्गत पाल्पा, गुल्मी, कास्की र लम्जुङ जिल्लाका १० सहकारीका प्रतिनिधि सहभागी गोष्ठीमा सहकारीको काम,सहकारी ऎन, सन्चालन प्रक्रिया पश्चातका योजना,व्याजदर, लघुबित्त तथा समुहगत कार्य अबस्था,लेखा प्रणाली एवं आउन सक्ने समस्या र जोखिमका बारेमा अनुभव सिकाई र अबलम्बन चरणको बारेमा सहजिकरण भएको थियो ।

रामपुर नगरपालीकाका नगर प्रमुख रमण बहादुर थापाले गोष्ठीको उद्घाटन गर्दै सहकारीले सहकार्य गर्दै तल्लो स्तरका पछाडि पारिएका मानिसहरुको जिवनस्तर उकास्नको लागी महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा वर्तमान समयमा विभिन्न विकृति विसङगति देखिएको भन्दै थापाले यसको उचित व्यवस्थापनमा ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो । रामपुर नगरपालीकाका प्रशासकीय अधिकृत बाबुराम अर्यालले मानिसको आर्थिक विकासको हिस्सेदारी सहकारी हुनुपर्ने बताउदै जीवन स्तर उकास्ने खालका योजनाका साथ अघि बढ्न शुभकामना दिनुभयो ।

गोष्ठीको सहजिकरण गर्दै नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघका बरिष्ट अधिकृत भरतप्रसाद न्यौपानेले नेपालमा ३४ हजार ८ सय ४२ सहकारी रहेको जानकारी दिदै सहकारीहरु राज्यको निति निर्देशन, नियम विनियम विपरीत जान नसक्ने भएकाले मजबुत भएर सहकारी लाग्नुपर्ने बताउनुभयो । उहाले सहकारीहरुको सस्थागत विकास र दिगो समृद्धिको लागी "पुर्ण तथा व्यावसायिक साकोस" कार्यक्रम महत्वपुर्ण रहेको बताउदै गण्डकी क्लस्टर अन्तर्गत १० ओटा सहकारीहरु मध्ये हालसम्म जनसेवा साकोस पोखरा र लेकाली साकोस गुल्मीले मात्र व्राण्ड प्रात्त गरेको जानकारी दिनुभयो ।

न्यौपानेले अव अरु साकोसहरु पनि व्राण्डको लागी अब्बल हुनुपर्नेमा जोड दिनुभयो । "सम्पती शुद्धिकरण, सदस्यता वृद्धि, भाका नागेको ऋण जस्ता ५० सुचाङ्क पूरा गर्नुस्" उहाले भन्नुभयो-हरेक स्थिती सकारात्मक बनाएपछी व्राण्ड आफै पाइन्छ ।

गोष्ठीमा प्रत्येक सहकारीले आ- आफ्नो सस्थाको ५० ओटा सुचाङहरुको अवस्थाका बारेमा जानकारी दिएका थिए । दुध पोखरी साकोस पोखराका व्यवस्थापक दुधकाशी गुरुङ, जनसेवा साकोस पुरनचोकका व्यवस्थापक प्रेमसागर अधिकारी, हातेमालो साकोसका व्यवस्थापक हिरा रावल, गौँरीशंकर साकोस पोखराका व्यवस्थापक डम्मर सिङ बस्नेत, संगम साकोस पोखराका वरिष्ट व्यवस्थापक अपिल कोइराला, लेकाली साकोस गुल्मीका व्यवस्थापक कल्पना वस्नेत, आस्था साकोस पोखराका ऋण अधिकृत रोसन पौडेल,रोयल साकोस पोखराका लखुवित्त प्रमुख लिलाधर पौडल तथा अन्धकारमुक्ति साकोस रामपुर पाल्पाका व्यवस्थापक दिपेन्द्र प्रसाद पाैडेलले संस्थाको समग्र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

अन्धकारमुक्ति साकोस रामपुर पाल्पाको व्यावस्थापक दिपेन्द्र प्रसाद पौडेले ९ हजार ६ सय ८८ जना सेयर सदस्य तथा कुल सम्पति ८६ करोड ५७ लाख ४हजार ७० रहेको र यस सस्थाले अवको केही समयभित्रै व्राण्ड प्राप्त गर्ने गरि अघि बढेको बताउनुभयो। रोयल साकोस पोखराका लिलाधर पौडेलले यसै आर्थिक वर्षमा नै व्राण्ड प्राप्तीको लागी लागीरहेको बताउनुभयो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहाकारी सस्थाका अध्यक्ष सुन्दर प्रसाद देवकोटाको अध्यक्षतामा होटल नमस्ते पाल्पाको सभाहलमा भएको गोष्ठीको संचालन अन्धकारमुक्ति साकोसका सचिव ओमप्रकाश वस्यालले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update