Erani Mahal
निस्दीको मित्यालमा १ सय ८५ जनाको आँखा परीक्षण
ff

पाल्पा– निस्दी गाउँपालिका ४ मित्यालमा आँखा शिविर सम्पन्न भएको छ। जापानीज नागरिक काजुमासा काकिमी (ओके बाजेको) आर्थिक सहयोग तथा कालीगण्डकी आँखा अस्पताल रामपुर पाल्पा, नेपाल नेत्रज्योति संघ र लायन्स लौकाल आँखा अस्पताल तानसेन पाल्पाको आयोजनामा शिविर भएको हो ।

शिविरमा निस्दी गाउँपालिकाका मित्याल , झिरुबास , अर्चले र ज्यामिरेका १ सय ८५ जनाले आँखा परीक्षण गराएका थिए ।


जसमा ४१ जना आँखाका बिरामीलाई निशुल्का शल्यक्रिया समेत गरेको थियो । लायन्स लौकाल आँखा अस्पताल तानसेनका डाक्टर अमृत बास्तोलाको नेतृत्वमा आएको चिकित्सकको टोलिले साह्रै राम्रोसँग आँखाको उपचार गरेको ८५ बर्षीय तिलतामा सोमैले खुशी हुँदै बताउनुभयो ।

गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा चालेको शिविरको व्यवस्थापन निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालले गरेको थियोे ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update