Erani Mahal
पूर्वखोलाकाे सिलुवामा एकदिने स्वास्थ्य अभिमुखीकरण गोष्ठी
ad

पाल्पा– पूर्वखोला गाउँपालिकालाइ पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाको सुनिश्चित गर्नका लागि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।


गाउँपालिकाको आयोजना, सुआहारा र बेस नेपालको समन्वयमा गर्भवती महिलाको लागि पोषण सम्बन्धि १ दिने अभिमुखीकरण सिलुवामा सम्पन्न भएको हो ।


कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सुत्केरी महिला हरुलाइ स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले गर्दा पूर्णरुपमा स्वास्थ्यसँस्थामा नियमित चेकजाँच र सुत्केरी गराउनुपर्ने बताउनुभयो । उहाँले सुत्केरी अवस्था भनेको अत्यन्त सम्बवेदनशिल अवस्था भएकाले नियमित स्वास्थ्य जाँच र पौष्टिक आहाराको व्यवस्थापन मिलाउनुपर्ने बताउनुभयो ।


तालिमको सहजिकरण नवलपरासी र नवलपूर सुआरा जिल्ला संयोजक कृष्ण गुरुङ र पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले गर्नु भएको थियो । कार्यक्रमा स्वास्थ्य कर्मचारी महिला स्वास्थ्य संयमसेवीका, गर्भवती महिला गरी ४२ जनाको सहभागिता रहेको थियो
यस्तो कार्यक्रमम पूर्वखोलाका सबै वडाहरुमा गरिने स्वास्थ्य शाखा संयोजक मोहन ढकालले रानीमहलालाई जानकारी गराउनु भयो ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update