Erani Mahal
नेकपा अध्यक्ष प्रचण्ड ३० गते तानसेन आउनुहुँदै
prachanda_bwItHXbJJh

पाल्पा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड मंसिर ३० गते पाल्पा आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड नेकपा पाल्पाको कार्यक्रम सम्बोधन गर्र्न मंसिर ३० गते तानसेन आउने तय भएको नेकपा प्रचार विभागका प्रमुख गुराँस आत्रेयले बताउनुभयो ।


नेकपा पाल्पाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा अध्यक्ष प्रचण्ड, नेकपा महासचिब विष्णु पौडेल, नेकपा प्रदेश ५ नं इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, नेकपा ५ नं प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्ती लगायतका नेताहरु आउने तय भएको नेकपा पाल्पा प्रचार विभाग प्रमुख गुरास आत्रेयले जानकारी दिनुभयो ।


नेकपा अध्यक्ष प्रचण्ड सहितको टोली २९ गते पाल्पा बस्न आउने र ३० गते विहान रानीमहलको अवलोकन गर्ने कार्यक्रम रहेको र दिउसो ११ बजे देखी तानसेन नगरपालिका हलमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


कम्युनिष्टहरुको बाहुल्यता रहेको पाल्पा जिल्लामा आफ्ना कार्यकर्तालाई सरकारका कामकारवाही र पार्टीको गतिविधीको बारेमा जानकारी दिन नेकपा पाल्पाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणमा नेकपा पाल्पाले तोकेका निश्चित व्यक्तिको मात्र सहभागिता रहनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update