Erani Mahal
पाल्पा निस्दी झिरुवासमा टिप्पर दुर्घटना : एकको मृत्यु, एक घाइते
pic-1

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका वडा नं. ३ झिरुवास धार्केसिङ्गमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।

समाचार प्रतिनिधि तस्विर गुगल


धार्के्सिंङ स्थित भित्रि कच्चि सडक खण्डमा अरुणखोला नवलपरासी बाट ईंटा लोड गरी काउले वन तर्फ आउदै गरेको प्रदेश न. ३०(१(००(३ क ४४५६ न. को टिप्पर स्टेरिंङ फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


टिप्पर सडकदेखि १ सय २० मिटर तल खस्न जाँदा टिपरका सहचाल जाजरकोट साविक खालारहिका गाविस ८ बस्ने बर्ष २३ को टेक बहादुर वुढा मगरको मृत्यू भएको छ भने चालक घाइते भएका छन् ।


चालक सुर्खेत शिवालय गा.पा. ६ बस्ने बर्ष ३८ को दिल बहादुर थापाको टाउको, निधार, ढाडमा चोट लागेको छ चालकको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थलामा प्रहरीटोली पुगेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update