Erani Mahal
निस्दीमा निशुल्क आँखा शिविर सम्पन्न
79719108_423111248643393_5833002441976578048_n

पाल्पा - निस्दी गाउँपालिका मित्यालमा आँखा शिविर सम्पन्न भएको छ। जापानिज नागरिक काजुमासा काकिमी ( ओके बाजेको ) आर्थिक सहयोग तथा कालीगण्डकी आँखा अस्पताल रामपुर पाल्पा, नेपाल नेत्रज्योति संघ र लायन्स लौकाल आँखा अस्पताल तानसेन पाल्पाको आयोजनामा शिविर भएको हो।

शिविरमा निस्दी गाउँपालिकाका मित्याल, झिरुबास, अर्चले र ज्यामिरेका १ सय ८५ जनाले आँखा परिक्षण गराएका थिए। जसमा ४१ जना आँखाका बिरामीलाई निशुल्का शल्यक्रिया समेत गरेको थियो ।

लायन्स लौकाल आँखा अस्पताल तानसेनका डाक्टर अमृत बास्तोलाको नेतृत्वमा आएको चिकित्सकको टोलिले साह्रै राम्रोसँग आँखाको उपचार गरेको ८५ बर्षीय तिलतामा सोमैले खुशी हुँदै बताउनुभयो । गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा चालेको शिविरको व्यवस्थापन निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालले गरेको थियोे ।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update