Erani Mahal
निस्दीको अर्चलेले १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयाे
78426088_2789953074389059_5184697778848137216_n

पाल्पा - गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ प्रवर्द्धनमा अहम भूमिका भन्ने नाराका साथ निस्दी गाउँपालिका अर्चले, पाल्पामा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

अर्चले स्वास्थ्य चौकीको आयोजना र समुदाय स्वास्थ बिभाग मिसन अस्पताल तानसेन,पाल्पाको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य स्वयंसेविका निर्मला बयम्बुको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनारीले महिला स्वास्थ्य स्वयंसेविकाहरु गाउँ टोलको लागि पहिलो डाक्टर रहेको बताउदै स्वास्थ्य स्वयं सेविकाहरुको कामको प्रशङ्सा गर्नुभएको थियो । उहाँले अगाडि भन्नुभयो अहिलेको समय कागजी तथ्यांकको समय नरहेकोले वास्तविक काम अनुसारको तथ्यांक ल्याई स्थानीय सरकारको हरियो झण्डा र अन्डा कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्य मिम्श्री बयम्बु,समुदाय स्वास्थ्य बिभाग मिसन अस्पतालका कल्पना ढकाल,सुआहरा नेपालका सामाजिक कार्यकर्ता भगी सरा सुनारी लगायतकाले बोल्नुभएको थियो । अर्चले स्वास्थ्य चौकीका अनमी तिला रानाले कार्यक्रमको औचित्य र महत्त्व बारे बोल्नुभएको कार्यक्रममा उत्कृष्ट नमुना महिला स्वास्थ्य स्वयं सेविका चिदियाका निर्मला बयम्बुलाई पुरस्कृत समेत गरिएको थियो । महिला स्वास्थ्य स्वयं सेविका गुमौती रानाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन पान कुमारी बयम्बुले गर्नुभएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update