Erani Mahal
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा तानसेनकाे भगवती मन्दिरमा पूजाआजा
666666

पाल्पा – पूर्व राजा ज्ञानेन्द्र शाहले पाल्पाको तानसेनमा रहेको भगवती मन्दिरको दर्शनभेट गर्नुभएको छ । बिहीबार दिउँशो पूर्वराजा शाहले रणउजिश्वरी भगवती मन्दिरको दर्शन र पूजा गर्नुभएको थियो । भगवती मन्दिर यस क्षेत्रकै एक महŒवपूर्ण शक्तिपीठ भएकाले पूर्वराजा पूजाका लागि आएको बताइएको छ ।


५ नं. प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गर्ने कार्यक्रम अनुसार शाह तानसेन आउनु भएको थियो । राजाको तानसेनका स्थानीय बासिन्दा, राप्रपा र शिवसेना नेपालका कार्यकर्ताले स्वागत गरेका थिए । सर्वसाधारणले राजाको पक्षमा नाराबाजी समेत गरेका थिए ।

शाहले तानसेनको हुलाकचोक हुँदै भगवती मन्दिरसम्म पैदल हिडेर सर्वसाधारणको स्वागत ग्रहण गर्नुभएको थियो ।

देश अफ्ठेराे अवस्थामा छ : ज्ञानेन्द्र शाह
शाहले देशको अवस्थाको बारेमा संक्षिप्त कुराकानीका क्रममा देश अहिले अफ्टेरो अवस्थामा रहेको बताउनुभयो । उहाँले सबै एकजुट भएर देश रक्षार्थ लाग्नुपर्ने बताउनुभयो । भगवती मन्दिरमा पूजाआजा पछि ज्ञानेन्द्र शाह फर्कनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update