X
15
Shares

पाल्पामा करेण्ट लागेर एक जना युवककाे मृत्यु

रानीमहल संवाददाता || १९ मंसिर २०७६,बिहीबार १६:५४

 पाल्पा – पाल्पाको निस्दी-५, गल्धामा करेण्ट लागेर एक जना युवाकाे मृत्यु भएकाे छ । गल्धामा विद्युतकाे लाइन बिस्तार गर्ने क्रममा करेण्ट लागेर धादिङ जिल्ला रोराङ गाउँपालिका वडा नं ४ का २६ वर्षिय नेत्र बहादुर बिसुङ्केको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रत्यक्षदर्शीका अनुसार विजुलीको मेन लाईन बन्द गर्न गएका कर्मचारीले उनलाई बन्द गरेपश्चात काम सुचारु गर्न भनेका थिए तर बन्द गर्न नपाउँदै उनले काम सुरु गरिसकेकाले करेण्ट लागेकाे बताइएकाे छ । लालीगुँरास विद्युत लाइनकाे मेनलाइन जाेड्ने क्रममा दुर्घटना भएकाे रामपुर प्रहरीले जनाएकाे छ । करेण्ट लागेपछि बिसङ्के पाेलबाट खसेका थिए ।

थप अनुसन्धान भइरहेकाे छ । घटनापछि गाई बाख्रा चराउन गएकी एक महिलाले देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । उनको शवलाई पोष्मार्टमको लागि रामपुर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys