Erani Mahal
तिनाउ दुर्घटनाका मृतक दुबैजना रैनादेवी छहराका युवा
78256644_1566807663469782_5075147924929773568_o

पाल्पा - तिनाउँ गाउँपालिका वडा नं. ५ चौविसमाइलमा बिहीबार दिउँशाे सवारी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-५, मुझुङ्का २५ वर्षका दिलिप ममरेल र २४ वर्षका कृष्ण कार्की रहेकाे प्रहरीले जनाएकाे छ । बमरेल चालक र कार्की सहचालक समेत हुन् ।

बुटवलबाट पाल्पा आउँदै गरेको लु १ ज ४२०९ नं. को जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यू भएको हो ।

जीप सडकबाट दुई सयम मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।

दुर्घटनमा परी मृतककाे शब भीरबाट प्रहरी र स्थानीय बासिन्दाकाे सहयाेगमा निकालिएकाे छ । सवारीसाधन क्षतबिक्षत भएकाे छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update