Erani Mahal
तिनाउँको चौविसमाइलमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यू
jeep-accdent

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. ५ चौविसमाइलमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ ।


वुटवलबाट पाल्पा आउँदै गरेको लु १ ज ४२०९ नं. को जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यू भएको हो ।


मृत्यू हुनेमा जीपका चालक रैनादेवी छहरा ५ मुझुङ्गका २५ वर्षका दिलिप बम्रेल र सहचालक रैनादेवी ४ का २४ वर्षका कृष्ण कार्कीको मृत्यू भएको हो ।

जीप सडकबाट दुई सयम मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update