Erani Mahal
पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमण गर्न आज तानसेनमा आउनुहुने
Gyanendra-Shah

पाल्पा - पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाको तानसेनमा धार्मिक भ्रमण गर्न आउनुहुने तयारी छ । रणउजिश्वरी भगवती मन्दिरमा पूजा र दर्शनका लागि पूर्व राजा शाह आज बिहीबार दिउँशाे तानसेन आउने कार्यक्रम रहेको स्राेतले जनाएकाे छ ।

५ नं. प्रदेशका विभिन्न ल्लाहरुकाे भ्रमण गर्ने कार्यक्रम अनुसार शाह तानसेन आउन लाग्नुभएकाे हाे । पूर्व राजा शाहले बिहीबार दिउँसो ३ बजे भगवती मन्दिरको पूजा गर्ने कार्यक्रम तय भएको छ । शाहले निकट र त्यहाँ आएका नागरिकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएकाे छ ।

तस्विर स्राेत : गुगल ।

पूर्व राजाको स्वागतका लागि जिल्लामा विभिन्न समिति समेत गठन भएकाे सामाजिक संजालमा पाेष्ट भएका छन् । तर कसले गरेकाे हाे भन्ने आधिकरिक छैन । भगवती मन्दिरमा पूर्व राजा आउने भएपछि भगवती मन्दिर व्यवस्थापन समितिका नेतृत्वकाे चहलपहल बढेकाे छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update