X

लुम्विनी मेडिकल कलेजले ३२ कराेड शुल्क फिर्ता गर्नुपर्ने भएपनि विद्यार्थी चुपचाप

रानीमहल संवाददाता || १८ मंसिर २०७६,बुधबार १९:२६

पाल्पा – अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका छन् । तर पाल्पाकाे लुम्विनी मेडिकल कलेजका विद्यार्थी भने चुपचाप छन् ।

देशभरका अन्य विद्यार्थी संगठनहरूले अबैध शुल्क उठाइरहेकाे भन्दै शुल्क फिर्ताकाे माग गर्दै आन्दाेलन गरिरहेका छन् । तर पाल्पा प्रभासस्थित लुम्वनी मेडिकल कलेजले ३२ कराेड भन्दा बढी अबैध रकम उठाएपनि विद्यार्थी भने चुपचाप रहेकाे चर्चा चलेकाे छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले निरन्तर सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । बिहीबारबाट परीक्षा हुँदैछ । यद्यपी उनीहरूले परीक्षा बहिस्कार गर्ने जनाएका छन् ।

गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भए थियो । उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरुले परीक्षा बहिस्कार गरेका हुन् । लुम्विनी मेडिकल कलेजका विद्यार्थी भने कलेज संचालकका अगाडि निरीह्य बनेका छन् । के गर्ने के नगर्ने भन्ने बारे उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys