Erani Mahal
नयाँ शिक्षकहरूलाई रामपुरमा स्वागत गरियाे
78458910_435636097111126_5649155301719408640_n

पाल्पा - शिक्षक सेवा आयोग बाट प्राथमिक तहमा स्थायी भइ आएका नवनियुक्त शिक्षकहरुलाई रामपुर नगरपालिकाले स्वागत तथा पदस्थापन पत्र हस्तान्तरण गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाबाट नियुक्ती लिएर नगरपालिकामा आएका १७ जना शिक्षकहरुलाई एक कार्यक्रमका विच नगरले स्वागत सहित पदस्थापन गरेको हो ।

रामपुर नगरपालिकाको कार्यकक्षमा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

शिक्षकहरुलाई स्वागत गर्दै नगरप्रमुख थापाले नगरको भविष्य शिक्षा संग जोडिएको भन्दै स्तरिय शिक्षा प्रदानमा कर्तव्यनिष्ठ भएर लाग्न आग्रह गर्नुभयो । त्यस्तै रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले जुन उत्साहका साथ शिक्षण पेशामा लागिएको छ .

त्यही उत्साहलाई कायम राख्दै अघि बढ्न अनुरोध गर्नु भयो । रामपुर नगरपालिकाका शिक्षा अधिकृत निरज पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संञ्चलन रामपुर नगरपालिकाका कार्यालय सहायक सुन्दरी बस्ताकोटीले गर्नुभएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update