Erani Mahal
तिनाउँको शिखरडाँडामा दुईकरोड लागतको लिफ्टिङ्ग खानेपानी योजना
79719111_745826802591170_4567880676312875008_n

खानेपानी योजना समयमै सक्न उपभाेक्ताकाे भेला

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. ६ को शिखरडाँडा खानेपानी योजनाका उपभोक्ता भेला सम्पन्न भएको छ । भेलामा प्रदेश नं. ५ का सांसद बसन्त घर्ती मगरको उपस्थिति रहेको थियो । सिखरडाँडा र भुटुक्दी गाउँसमेट्नी गरी ८० घरधुरीमा खानेपानीको व्यवस्थापन गर्ने गरी दुई करोड १६ लाखको लागतमा लिफ्टिङ्ग खानेपानी आयोजना संचालन गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।


तिनाउँ गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा सम्पन्न हुने खानेपानी योजनामा १५ प्रतिशत लागत सहभागितामा उपभोक्ता समूह मार्फत भुक्तानी गर्नुपर्ने गरी आयोजनाको काम सुरु गरिने उहाँले बताउनुभयो ।


उपभोक्ताहरुले एक घर एक धारा हुनुपर्ने, खेर गएको पानी सिंचाई गर्नुपर्ने, मिटर बक्स जडान गरेर विल भुक्तानी गर्ने गरी सहमति गरिएको अध्यक्ष घर्तीले रानीमहललाई जानकारी दिनुभयो ।
प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा हुने आयोजनामा वास्तविक समस्या भएका समुदायको खानेपानीको व्यवस्थापनमा आफूले प्रदेशबाट पहल गरेको प्रदेश सांसद तुलाराम घर्तीले बताउनुभयो । उहाँले समयमै योजना सम्पन्न गर्नका लागि उपभोक्ताहरु सजग रहनुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रवक्ता राजेश श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष टोमबहादुर पुन, खानेपानी डिभिजन कार्यालयका प्राविधिक शोभाखर पोखरेल लगायतले बोल्दै समयमै आयोजना सम्पन्न गर्ने बताउनुभयो । यस्तै उपभोक्ता समितिका अध्यक्ष रेवन्त रास्कोटीले उपभोक्ता समूहले कुनै कसुर बाँकी नराखेर आयोजना समयमै सम्पन्न गर्नतर्फ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


उपभोक्ता समितिका अध्यक्ष रेवन्त रास्कोटीको अध्यक्षतामा भएको भेला समितिका कोषाध्यक्ष कवि गहतराजको संचालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update