Erani Mahal
दुर्घटनामा परी मृत्यु भएका १४ जनाकै पहिचान खुल्याे
accident-2-1

गुल्मी - गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ भगेर्ना कोप्चेमा दुर्घटना हुँदा १४ जनाकाे ज्यान गएकाे छ । जीप मंगलबार विहान दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा गुल्मी इस्मा गाउँपालिका ४ की २६ वर्षकी सुचना कार्की, सोही स्थानका जिप चालक २५ वर्षका रेशम थापा, इस्मा गाउँपालिका ५ का ४० वर्षकी बसुन्धरा कार्की, सोही गाउँपालिका ३ का २३ वर्षकी माया थापा रहनुभएकाे छ ।

यस्तै नवलपरासी बर्दघाट नगरपालिका-२ चिसापानीका ६० वर्षका नुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका-५ का ५५ वर्षकी लक्ष्मी केसी, गुल्मी इस्मा गाउँपालिका-४ का ४० वर्षकी सिता कार्की, सोही स्थानका ६५ वर्षकी झवि कार्की रहनुभएकाे छ ।

४० वर्षका महेन्द्र कार्की, कञ्चनपुर जिल्लाका ५५ वर्षका धनबहादुर कार्की (बाटा माथि), गुल्मी इस्मा गाउँपालिका ४ का ४५ वर्षकी जुमी कार्की, सोही स्थानका २५ वर्षकी मिना बस्नेत, ६५ वर्षका धनबहादुर कार्की, सोही गाउँपालिका पैयापाटा बस्ने सिता कार्कीको छोरी २ वर्षकी अनुस्का कार्की, रहनुभएकाे प्रहरीले जनाएकाे छ ।

जीपमा १८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभएकाे छ । जीपमा सवार मध्ये ३ जना घाईते भएका छन् भने १ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये नवलपरासी बर्दघाट नगरपालिका २ का १८ वर्षका जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका ४ का हिमाल कार्की, वतन नखुलेकी २४ वर्षकी निमा केसी रहनुभएकाे छ । बेपत्ता हुनेमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका धनबहादुर कार्की (बाटा मुनि) रहेको प्रहरीले जनाएको छ । घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update