Erani Mahal
गुल्मीबाट हिडेकाे जीप बडिघाट खाेलामा खस्याे, १४ जनाकाे मृत्यु
accident-2-1

गुल्मी - गुल्मीबाट बागलुङको देविस्थानमा कुलपुजाका लागि हिँडेको जिप बडिगाड खोलामा खसेको छ । ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना  भएकाे हाे ।

दुर्घटनामा  चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो ।

तस्विर स्राेत : जनतासमाचारबाट ।

दुर्घटनामा घाइते भएका ३ मध्ये १ पुरुष, १ महिला र १ शिशुको बडिगाड पोलिक्ल्नीकमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update