Erani Mahal
तिनाउँ गाउँपालिकामा बाख्रा पालन तालिम
79770578_2389663171246015_3968541444972478464_n

पाल्पा, तिनाउँ गाउँपालिकाको वडा नं. एक आखोरदीमा एक दिने बाख्रा पालन सम्बन्धि अभिमुखी करण कार्यक्रम भएको छ ।


तिनाउँ गाउँपालिका पशु विकास शाखाको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि ओमबहादुर घर्तीले व्यवसायीक रुपमा बाखा पालन गरेर गाउँलाई आय आर्जन सँगै समृद्धिको विकासमा गाउँपालिकाले काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले तालिमसँगै अनुदान र सीप, प्राविधिक सहयोग समेत उपलव्ध गराउने भएकाले व्यवसायीक रुपमा बाख्रा पालनमा लाग्न आग्रह गर्नुभयो ।


कार्यक्रममा वडा नं. १ का अध्यक्ष रोमबहादुर लम्तरी, स्थानीय समाजसेवी चक्र व्यूह थापा, जनजाति समन्वय समिति तिनाउँका अध्यक्ष रेवन्त छहरी, एमानसिंह चिदी लगायतले बोल्नु भएको थियो ।


पशु चिकित्सक हरी सुवेदी र मिन बहादुर लम्तरीले सहजिकरण गर्नुभएको तालिममा ३५ जना किसानको सहभागिता रहेको छ । तालिममा बाख्रा पालन व्यवसाय, व्यवस्थापन, खोर सुधार, मलमुत्र विर्सजन, रोगकिराको रोकथाम तथा उपचार जस्ता विषयमा तालिम दिइएको थियो ।


तालिम लिएका किसानलाई व्यवसायीक बनाउन खोर सुधार, बाख्रा तथा औषधी र प्राविधिक सहयोग गाउँपालिकाले गर्ने अध्यक्ष घर्तीले रानीमहलालाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update