Erani Mahal
तिनाउँ गाउँपालिकामा नयाँ शिक्षकहरुको पदस्थापन
77182090_446434619628273_8432256674592456704_n

पाल्पा, तिनाउँ गाउँपालिकाले शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिएर आएका शिक्षकहरुको एक कार्यक्रमका बीचमा पदस्थापन गरिएको छ । २१ जना प्रावि तहका र १ जना मावि गणित विषयका शिक्षकलाई तोकिएका विद्यालयमा पदस्थापन गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले नयाँ जोश र जाँगर बोकेर आएका शिक्षकहरुले सोही अनुसारको मेहनत गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लाग्न शुभकामना दिनुभयो ।


कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वडा नं. १ का अध्यक्ष रोमबहादुर लम्तरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा अधिकृत लक्ष्मी कुँवर लगायतले शुभकामना दिनुभएको थियो ।
शिक्षा संयोजक समेत रहनुभएका गापा अध्यक्ष घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा शाखाका कृष्ण ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update