Erani Mahal
गाउँबेसी सहकारी संस्थाको साधारणसभा  तथा चौथो अधिवेशन सम्पन्न
tt

पाल्पा - गाउँबेसी बचत तथा ऋण सहकारी संस्था निस्दी-४, मित्याल पाल्पाको ८औ साधारण सभा तथा चौथो अधिबेसन आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोक बहादुर सारुको अध्यक्षतामा भएको अधिबेशनका प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बोल्दैसहकारीको माध्यमबाट बचत गरी आर्यआर्जन गरेर आथिक विकास गरी निस्दीलाइ समृद्ध बनाउनका लागि सहकारलिे राम्रो भुमिका खेलेको बताउदै साधारण सभा सफलतको शुभकामना दिनु भएको हो ।

संस्थाका सदस्य केश बहादुर सुनारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा अध्यक्ष लोकबहादुर सारुले वार्षिक प्रगति प्रतिबेदन र व्यवस्थापक लिल रासले आथिक वर्ष २०७५ २०७६को दुइ करोड ९० लाख पचास हजार ३ सय ६० रुपैया बराबरको आथिक प्रतिबेदन पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथ सारु ,निस्दी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष न्यौ बहादुर सुनारी, नेकपा जिल्ला कमिटि पाल्पाका सदस्य भुवन थापा, वडा सदस्य मनप्रसाद सोती, कृषि सञ्जाल निस्दीका अध्यक्ष नर बहादुर सुनारी लगायतले आफ्ना भनाइ राख्दै साधारण सभा सफलताको शुभकामना सँगै नवगठित समितिलाइ सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा आगामि ३ वर्षे कार्यकाल रहने गरी रेम बहादुर खन्गाहको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति चयन गरेका छ । अधिबेसनले डिल बहादुर खन्गाहको संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति, केश बहादुर सुनारीको संयोजकत्वमा ३ सदस्यीय शिक्षा समिति र लोक बहादुर सारुको संयोजकत्वमा ३ सदस्यीय ऋण लगानि समिति चयन गरेको छ ।

वि.स. २०६९सालमा स्थापना भएको सहकारीमा अहिले ३ सय ४१ जना सेयर सदस्य रहेको सहकारीको सभामा विभिन्न क्षेत्रमा उत्कृष्ठ हुने शिएर सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव सहविर खन्गाहाले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update