Erani Mahal
'सूर्य' बुलेटिन प्रकाशन हुनु पार्टीका लागि गाैरवकाे विषय : नेता पाेखरेल
66-2

पाल्पा - ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको एक्लो प्रयासले मात्र सामाजिक रुपान्तरण सहितको विकास सम्भव नहुने बताउनुभएको छ । उहाँले सरकार, पार्टी रजनताको संयुक्तप्रयासले मात्र सामाजिक रुपान्तरण सहितको विकास प्राप्त गर्न सकिने बताउनुभयो ।

नेकपा, पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले प्रकाशित गरेको ‘सूर्य’ बुलेटिनको शनिबार तानसेनमा विमोचन गर्नुहुँदै मन्त्री पोखरेलले अबको एजेण्डा राजनीतिक मुद्दा भन्दा पनि विकासका मुद्दा मुद्दा भएकाले त्यसैमा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समयप्रदेश सरकार र स्थानीय सरकार सहकार्य गरेर अगाडिबढ्ने वातावरणतयार भएको उल्लेख गर्नुहुँदै प्रदेश सरकारको आवश्यकताबढ्दै गएको बताउनुभयो ।

उहाँले पाल्पाको पर्यटन र पूर्वाधार विकासमाप्रदेश सरकारले जोड दिएको बताउँदै समयमै कार्यान्वयनमा लाग्न आगह गर्नुभयो । उहाँले पार्टीको नेता कार्यकर्तामा पढ्ने बानी हट्दै गएको र फेसबुक जस्ता सामाजिक संजालमा आएका विषयमा नबुझेर दौडिरहेको सन्दर्भमा पार्टीको मुखपत्रका रुपमा सूर्य बुलेटिन प्रकाशन हुन सुखद् र देशभरिमै नमूना काम भएको बताउनुभयो ।

देशभरिमै नमूना काम गरेकाले अब यसलाई निरन्तरता दिन पनि प्रचार विभागले ध्यान दिने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले प्रचार विभागले प्रकाशन गरेको बुलेटिन निरन्तर प्रकाशन गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीको विचार र नीति कार्यकर्तामाझ पु¥याउन बुलेटिन निरन्तर प्रकाशन हुनुपर्ने र त्यसका लागि आफूले सहयोग गर्ने बताउनुभयो । प्रचार विभागले पार्टीको विचारसहित जनतामाझ पु¥याउने काम सुरु गरेकोमा नेकपा पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले धन्यवाद दिनुभयो ।

विभागका सदस्य राजेशकुमार अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन विभागका उपप्रमुख रेखीराम राना गर्नुभएको थियो भने अध्यक्षता विभाग प्रमुख गुँरास आत्रेयले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update