Erani Mahal
सिद्धार्थ राजमार्गसँग जोडिएका स्थानीय तहहरूको भेला तानसेनमा हुँदैं
pic_mayarforum-1068x588-1

पाल्पा - सिद्धार्थ राजमार्गसँग जोडिएका स्थानीय तहहरूको विकासका लागि सिद्धार्थ आर्थिक कोरिडोरको अबधारणा अगाडि सारिएको छ । तानसेन नगरपालिकाको पहलमा सिद्धार्थ राजमार्गसँग जोडिएका ५ नं. प्रदेश र गण्डरी प्रदेशका स्थानीय तहहरूको छलफल आइतबार तानसेनमा हुँदैछ ।

यस क्षेत्रमा पर्ने १५ वटा स्थानीय तहहरूले आफ्ना नागरिकलाई फाइदा पुग्ने गरेर सिद्धार्थ आर्थिक कोरिडोर विकास कार्यक्रम अगाडि बढाउने जनाएका छन् । रुपन्देहीको भैरहवा सुनौलाी भन्सार नाकाबाट पोखरासम्म सिद्धार्थ राजमार्गले छोएका स्थानीय तहहरूको आवधिक दीर्घकालिन योजना बनाउन आइतवार र सोमवार तानसेनमा भेलाको आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले प्रेस बिज्ञप्ति बाचन गर्दै यो सम्मेलनले नगरपालिका र गाउँपालिकाहरु बीच अनुभवको आदानप्रदा र अनुकरण हुने बताउनुभयो ।
प्रमुख शाहीले योजनाहरुको पहिचान र कार्यान्वयन गर्ने, सिद्धार्थ राजमार्गलाई आधार मानेर यस क्षेत्रमा संचालन गर्न सकिने कृषि,पर्यटन, उद्योग, सूचना प्रविधिको पहिचान र यसको प्रचार प्रसार गर्न सहयोग पुग्ने बताउनुभयो ।


यस क्षेत्रका नगरपालिका र गाउँपालिकाहरूबीच समन्वयमा गर्न सकिने परियोजनाहरूको पहिचान र छनौट हुने, समन्वय र सहकार्यका लागि कार्यदलको गठन तथा समन्वय व्यक्ति छनौट हुने, विज्ञ समूह गठन गरिने कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले बताउनुभयो । भेलामा गण्डकी प्रदेश र ५ नं. प्रदेशका प्रादेशिक नीति योजनाबारे अवधारणापत्र प्रस्तुत हुनेछ ।

त्यस्तै योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले करिडोरको महŒवबारे प्रकाश पार्ने कार्यक्रम रहेको छ । त्यस्तै सडक बिभागबाट समेत अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा दातृ संस्थाहरुको समेत सहभागिता रहनेछ ।

सम्मेलनमा सिद्धार्थ राजमार्ग आसपासका १७ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सरोकारवालाहरूको सहभागिता रहने तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले कार्यक्रमले तानसेनको समग्र बिकासका लागि टेवा पु¥याउने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update