Erani Mahal
तिनाउँमा एकल महिला शसक्तिकरण कार्यक्रम तथा भेला सम्पन्न
72581813_552151635563179_528080196276846592_n

पाल्पा, तिनाउँ गाउँपालिका पाल्पामा एकल महिला शसक्तिकरण तथा भेला कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भरका एकल महिलाहरुको भेलामा एकल महिलाको समस्याहरु के के हुन् ? एकल महिला भनेको के हो ? एकल महिलाका कानूनी अधिकारहरु के के हुन् जस्ता विषयमा प्रशिक्षण समेत दिइएको छ ।

कार्यक्रमका प्रमुख अथिति तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले समाजमा एकल महिलालाई हेलाको भावले हेर्नुभन्दा उनीहरुबाट समाज परिवर्तनमा सहयोग लिनुपर्ने बताउनुभयो । उहाँले आत्म विश्वासका साथ आफ्नो परिवार र बालबच्चाको हेरचाह गर्दै सीपमुलक सीपमा लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, वडा अध्यक्षहरु रोमबहादुर लम्तरी, राजेश श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

एकल महिला समूह पाल्पाकी अध्यक्ष तुल्सा गैरेले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । तिनाउँ गायउँपालिकका उपाध्यक्ष दमयन्ती थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पम्फा सारुले गर्नुभएको थियो ।


भेलाले सीता विष्टको अध्यक्षतामा १३ सदस्यीय तिनाउँ गाउँपालिका स्तरीय एकल महिला समूह गठन गरेको छ । जसको उपाध्यक्षमा उमा उचै, सचिव गोमा थापा, कोषाध्यक्ष सरस्वती विक, सह सचिव गौरी मिधुन रहनु भएको छ । भेलामा ३६ जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update