Erani Mahal
तिनाउँको कल्याणी प्राविमा निशुल्क स्वास्थ्य शिविर
77101313_521911831724807_4413898689932689408_n

पाल्पा, तिनाउँ गाउँपालिका वडा नं. ५ मस्याम चौविसमाइलमा रहेको कल्याणी प्राविमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । विद्यालयको आयोजनामा भएको शिविरमा लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरुले प्राविधिक सहयोग गर्नुभएको थियो ।

शिविरका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले विद्यालय समुदायको समस्याको परिवर्तनको बहाक भएकोले समुदाय र विद्यालयको बीचमा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयले गर्ने यस्ता कार्यक्रमले समुदायमा समेत विभिन्न संक्रमण र रोगहरुको पहिचान गर्न र रोकथाम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकाको क्षेत्रमा रहेको विद्यालयमा स्वास्थ्य परीक्षण निशुल्क औषधी वितरण गरेकोमा कलेजलाई धन्यवाद दिनुभयो ।

शिविरमा १ सय ७२ जनालाई निशुल्क औषधी तथा उपचार गरिएको तथा केही जटिल समस्या भएकालाई अस्पतालमा रिफर गरिएको विद्यालयका प्रधानाध्यापक सुन्दर गाहाले बताउनुभयो । शिविरमा शुरज अधिकारी, स्वश्तिका घिमिरे, हिमाल घिमरे, विमल यादव, प्रियंका शाह लगायतको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको शिविरको कार्यक्रम संचालन शिक्षक गुन बहादुर दर्लामीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update