Erani Mahal
विद्युत आयोजनाकाे वातारणीय प्रभाव मुल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाइ
78689341_1428895240592992_7227982200237457408_n

पाल्पा - विधुत प्रसारण आयोजना (चार सय के. भी. ) वातारणीय प्रभाव मुल्यांकन (इआइए) को मस्यौदा प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रम मित्यालमा सम्पन्न भएको छ। निस्दी गाउँपालिका पाल्पाका प्रवक्ता मेखबहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले आयोजना संचालन गर्दा स्थानीय समुदायको चित्त बुझाएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले स्थानीय निकाय र सरोकारवालासंग सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गर्नुहुँदै आयोजना सम्पन्न गर्नको लागि पालिकाको सधैं साथ र सहयोग रहने बताउनुभयो । यस आयोजनाबाट निस्दीको वडा नम्बर ५ , ६ र ७ का ७४.१४ हेक्टर जग्गा भित्र ४६ वटा टावर राखिने भएको छ । साथै यहाँको ११ वटा सामुदायिक वनलाई पनि प्रत्यक्ष प्रभाव पर्ने देखिएको एमसि नेपालका परामर्शदाता रबिन ढकालले बताउनुभयो।

एमसिए नेपालका राजेन्द्र श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे बताउनुभयो । कार्यक्रममा स्थानीयले जग्गाको क्षतिपूर्ति तथा यसबाट पर्न सक्ने प्रभावको बारेमा जिज्ञासा राखेका थिए। कार्यक्रममा सामुदायिक बन महासंघ प्रदेश नम्बर ५ का महासचिव राम मल्ल ठकुरी, निस्दी सवडिभिजन बन कार्यालयका प्रमुख नन्द प्रसाद अधिकारीले बोल्नुभएको थियोे । कार्यक्रमको संचालन एमसि नेपालका कर्मचारी बन्दना पोख्रेलले गर्नुभएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update