Erani Mahal
तिनाउँको कचलमा पशुस्वास्थ्य शिविर, २ सय ७३ घरधुरी लाभान्वित
f

पाल्पा– तिनाउँ गाउँपालिकाको वडा नं. १ कचलका एकदिने पशु स्वास्थ्य तथा बाँँझोपन निवारण शिविर गरिएको छ ।


भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र पाल्पाको आयोजना र तिनाउँ गाउँपालिकाको संयोजनमा भएको शिविरमा २ सय ७३ घरधुरीका पशुहरुलाई निशुल्क औषधी वितरण तथा पशुस्वास्थ्यबारे जानकारी दिइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले रानीमहललाई बताउनुभयो । शिविरमा गाई, भैंसी, बंगुर, बाख्रा र कुखुराको रोगको औषधीहरु वितरण, यि पशुचौपायमा लाग्ने रोगकिराको रोकथाम तथा उपचारबारे किसानहरुलाई जानकारी दिइएको थियो ।


निशुल्क स्वास्थ्य शिविरको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि घर्तीले गाउँपालिकाले कृषि र पशुलालन व्यवसायलाई प्रोत्साहन गर्दै किसानहरुलाई व्यवसायिक बनाउने कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।

उहाँले कृषि र पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान, प्राविधिक तथा मेसिनरी सहयोग गाउँपालिकाले गर्दै आइरहेको बताउनुभयो ।


शिविरमा ५ सय १६ वटा गाई, ३ सय ३१ वटा भैंसी, २ हजार ६ सय ८९ वटा बाख्रा, १ सय ५० वटा बंगुर, ३ हजार दुई सय कुखुराको लागि आवश्यक औषधीहरु तथा सेवा प्रदान गरिएको थियो ।
शिविरमा पशु स्वास्थ्य विज्ञ केन्द्रका प्रमुख चन्द्रबहादुर राना, पशु चिकित्सक देवीराम मरासनी, अनिल शर्मा, युवराज ज्ञवाली र हरी सुवेदीले पशुहरुको स्वास्थ्य परीक्षण र औषधी वितरण गर्नुभएको थियो ।


कार्यक्रममा वडा अध्यक्ष रोमबहादुर लम्तरी, राजेश श्रेष्ठ, वडा सदस्यहरु बलबहादुर सारु, धनकुमारी बगाले, अमर तरामु लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम पशु केन्द्रका प्राविधिक युवराज ज्ञवालीको संचालन र प्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update