Erani Mahal
तानसेनको बर्तुङ्मा कुमारी बैंककाे शाखा कार्यालय
kumari-bank-palpa

पाल्पा – कुमारी विकास बैंकले तानसेनको बर्तुङ्मा शाखा कार्यालय स्थापना गरी सेवा सुचारु गरेको छ । बैंकले एक सय २० औं शाखाको रुपमा बुधबार बर्तुङ्मा शाखा कार्यालय स्थापना गरी सेवा आरम्भ गरेको छ ।


शाखा कार्यालयको उद्घाटन गर्नुहुँदै तानसेन–७, का वडाअध्यक्ष मुक्तिराम जिसीले बैंक स्थापनापछि यस क्षेत्रका नागरिकलाई बैंकिङ् कारोबार गर्न सहज हुने बताउनुभयो । उहाँले बर्तुङ् क्षेत्रका जनताले बैंकको कारोबार गर्न तानसेनको बजारमै पुग्नुपर्ने बाध्यता अबदेखि हटेको बताउनुभयो ।

यस क्षेत्रका नागरिकको माग र चाहना बमोजिम शाखा कार्यालय स्थापना गरेको पाल्पा शाखाका प्रवन्धक अम्बिकाप्रसाद बस्यालले जानकारी दिनुभयो ।


बैंकले अहिलेसम्म रैनादेवीछहरा गाउँपालिकाको मुझुङ्ग, भालुखान, बगनासकाली गाउँपालिकाको यम्घा, बराङ्गदी लगायतका स्थानमा शाखारहित सेवा सञ्चालनमा ल्याइसकेको छ । यस्तै तिनाउ गाउँपालिकाको चरचरे, रम्भा गाउँपालिकाको हुमिन, रैनादेवी गाउँपालिकाको सोमादीमा सेवा सुचारु गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update