Erani Mahal
प्राविधिक शिक्षा (अटाेमाेबाइल्स) विषय पढाउन तिनाउमा महायज्ञकाे आयोजना
78599788_171172943961332_8775985926653345792_o

पाल्पा – तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा बुधबारदेखि श्रीमद् भागवत ज्ञानमहायज्ञ सुरू भएको छ । प्राविधिक शिक्षा संचालनका लागि झुम्सामा एक साता लामाे महायज्ञकाे आयाेजना गरिएकाे हाे ।

महायज्ञकाे उद्घाटन ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नुभएकाे थियाे । उहाँले साेही अवसरमा प्राविधिक शिक्षाकाे विकास विनमा देशकाे विकास हुन नसक्ने धारणा राख्नुभयाे । उहाँले प्रदेश सरकारले प्राविधिक शिक्षाका क्षेत्रमा समेत पहल गरिरहेकाे बताउँदै स्थानीय आफैले शिक्षा क्षेत्रमा गर्न खाेजेकाे पहलकदमी सह्रानीय रहेकाे बताउनुभयाे ।

संघीय सांसद साेमप्रसाद पाण्डेयले अबदेखि गाउँगाउँमा प्राविधिक शिक्षालय स्थापना गरेर अन्तरराष्ट्रिय बजारमा बिकाउ हुने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरले प्राविधिक शिक्षा, अभिभावक र समयकाे माग हाे भन्नुभयाे । उहाँले पछिल्लाे पुस्ता विज्ञान र प्रविधितर्फ उन्मुख भएकाले शिक्षा क्षेत्रमा व्यापक परिवर्तनकाे गर्नुपर्ने बताउनुभयाे ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले गाउँपालिकाले तिनाउमा प्राविधिक विषयकाे अध्ययनका लागि सहयाेग गरेकाे बताउनुभयाे । कार्यक्रममा तिनाउ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती दर्लामी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरू, प्रवक्ता राजेश श्रेष्ठ, शिक्षाविद्, समाजसेवी लगायतले बाेल्नुभएकाे थियाे ।

कार्यक्रममा पाल्पामै पहिलो पटक १८ महिने अटोमोबाइल्स विषयको प्राविधिक शिक्षा निरन्तर संचालन गर्न महायज्ञ गरिएकाे तिनाउ–३, का वडा अध्यक्ष प्रेम पाण्डेले जानकारी दिनुभयो । महायज्ञ मूल समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेले पुण्यको काममा सहयाेग गर्न सबैलाइ आग्रह गर्नुभयो ।

महायज्ञ मूल आयोजक समितिका अनुसार यज्ञमा पण्डित दीनबन्धु पोखरेल र ध्रुबशरण बस्यालले संगीतमय कथा वाचन गर्ने कार्यक्रम छ। महायज्ञमा करिब ३० लाख खर्च हुने र डेढ करोडसम्म दान संकलन हुने अपेक्षा गरिएको छ ।

तिलोत्तमा माध्यमिक विद्यालयमा हाल २२ जना छात्रहरुले अटोमोबाइल्स विषयको अध्यनन् गरिरहेका छन् । यो विषय निरन्तर र दिगो रुपमा संचालन गर्नका लागि महायज्ञ गर्नु परेको विद्यालयका प्रधानाध्यापक झपेन्द्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षाका लागि ७ करोड ४१ लाखको गुरुयोजना बनिसकेको छ । त्यसका लागि भवन बनाउन र अन्य कार्यमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।महायज्ञ यही २०७६ मंसिर ११ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update