Erani Mahal
रिडी हुँदैं ठूलाेलुम्पेक जाँदै गरेकाे जीप दुर्घटना, एक जनाकाे मृत्यु, पाँच घाइते
jip_aaccident

गुल्मी, मंसिर १० । गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेकमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६८ बर्षीय लल्तीदेवी सिंजालीको मृत्यु भएको छ । रिडीदेखि ठूलो लुम्पेक जाँदै गरेको लु.१ ज. २७८४ नम्बरको जीप दुर्घटना भएको सत्यवती गाउँपालिका वडा नं. ३ का सदस्य अर्जुन तरामु मगरले बताउनुभयाे ।

जीप दुर्घटनापछि ५ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा देववहादुर विक, साजन राहादी, अनिल विक, विरेन्द्र सिंजापति लगायत रहेका छन् । घाइतेहरुलाई उपचारका लागी पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभास र मसिन अस्पताल लगिएको तरामु मगरले बताउनुभयाे ।

प्रतिनिधि तस्विर ।

गाडीको चालक कपिल विक नभेटिएको उनले बताए । दुर्घटनामा बालबालिका समेत रहेको बताइएको छ ।  मंगलबार साँझ ५ बजेर ३० मिनेट जाँदा दुर्घटना भएको हो । जीप सडकबाट करिब ५०० मीटर तल झरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update