Erani Mahal
'जहाँ देवीलाई चढाएपछि मात्र किसानले नयाँ चामल खान्छन्'
IMG_7346

पाल्पा - किसानले वर्षभरि मिहिनेत गरी खानजाेत गरेर पाेकेकाे धान घर भित्र्याएपछि उक्त धानकाे चामल कसले पहिले खान्छ हाेला । स्वभाविक उत्तर छ, जसले वर्षभरि मिहिनेत गर्याे किसान, उसैले पहिले धानकाे चामल खान पाउँछ ।

तर याे स्वभाविक उत्तर यहाँकाे हकमा भने लागू हुँदैन । पाल्पाकाे रैनादेवी मन्दिरमा किसानले मिहिनेत गरेर घरमा भित्र्याएकाे धानकाे चामल पहिले 'रैनादेवी'लाइ चढाउनुपर्छ । रैनादेवीलाइ नचढाइ किसानले खाने हाे भने अनिष्ठ हुन्छ भन्ने यहाँ विस्वास छ । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी गोखुङगामा रहेकाे रैनादेवीलाई चढाएर मात्र मिहिनेत गरेकाे किसानले नयाँ चामलको भात खान पाउँछ ।

तस्विर : कृष्ण दर्नालकाे सहयाेगमा ।

पहिलो पटक भात खादा मन्दिरमा देवीलाई दहीचामल चढाएपछि मात्रा खाने चलन रहेकाे वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयाे । पुस्ताैँदेखिको चलेकाे चलनलाई निरन्तरता दिदै यहाँ न्वागी पर्वमा नयाँ चामल, दही र केरा मिसाएर न्वागी बनाउने चलन रहेकाे उहाँले बताउनुभयाे । यही न्वागी देवीलाइ चढाई रातभर नाचगान गरेर खुसी साँटिन्छ ।

न्वागीमा दही चामल चढाउनका लागि पाल्पा, गुल्मी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाबाट मानिस मन्दिर पुग्छन् । मन्दिरमा पुजा गरी रातभर जाग्राराम बसी अर्को दिन घर फर्किन्छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीका अनुसार न्वागीको पहिला मन्दिरमा नयाँ चामल चढाउने तथा वली चढाउने चलन छ । न्वागीका दिनदेखि दोस्रो दिनसम्म सोरठी नाचगान गरी रमाइलो गर्ने हुन्छ । सोमबार रैनादेवीमा न्वागीले चहलपहल ल्याएको हो ।

तस्विर : कृष्ण दर्नालकाे सहयाेगमा ।

मंगरबार न्वागीकाे निम्ताे मान्न पुग्नुभएका पाँच नम्वर प्रदेशका पर्यटन मन्त्री लिला गिरीले साेरठी लगायतका नाचमा नजर लगाउनुभयो । दहीचामल चाख्नुभयो । स्थानीयबासिन्दाले मन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मका पाहुनालाई आफ्नो मौलिक पहिचान प्रर्दशन गरे ।

तस्विर : कृष्ण दर्नालकाे सहयाेगमा ।

मन्त्री गिरीले रैनादेवी ऐतिहासिक, तथा सामाजिक, साँस्कृतिक रुपमा महत्व रहेको बताउनुभयो । रैनादेवी मन्दिरको गुरुयोजना तथा मास्टर पलान बनाउनुपर्ने र यसको विकासका लागि सहयोग गर्ने उहाँको धारणा थियो । न्वागी महाेत्सवमा प्रदेश सासद तुलाराम घर्तीमगर, नारायण आचार्य, पुरनमान बज्राचार्य, वीरबहादुर राना, जिल्ला समन्वय समितिका उपप्रमुख मीरा मरासनी, गाउँपालिका अध्यक्ष राम बहादुर कार्की लगायतले शुभकामना व्यक्ति गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update