Erani Mahal
पाल्पामा घुम्न आउने आन्तरिक पर्यटक बढे
77386692_3255137744558143_6749703988003733504_n

पाल्पा– नेपाल भ्रमण वर्ष २०२० नजिकदै गर्दा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या समेत बढेको छ । भ्रमणको सिजन भएको र सरकारले पाल्पाको रानीमहल, रम्भादेवी, तालपोखरा, रिडी लगायतका क्षेत्रलाई उत्कृष्ठ १०० गन्तव्यमा समेटेपछि यहाँ घुम्न आउने पर्यटकहरु बढेका हुन् ।
अहिले दैनिक ४० देखि १ सय बढी बसहरु भ्रमणका रुपमा पाल्पामा आउने गरेका छन् यि सवारीमा दैनिक ३ हजारदेखि ५ हजारसम्म आन्तरिक पर्यटकहरु घुम्न आउने गरेका छन् ।


आन्तरिक पर्यटकहरु शैक्षिक भ्रमण वा सार्वजनिक विदा, हिउँदे भ्रमणका रुपमा पाल्पाको तानसेन, श्रीनगर, पाल्पा दरबार,रानीमहल, भैरवस्थान, रिडी लगायतका क्षेत्रमा भीडभाड लागेको छ ।


पाल्पामा दैनिक ४।५ हजार बढी पर्यटकहरु घुम्न आएपनि यिनीहरुको उचित व्यवस्थापन र बसाई लम्बाउन नसक्दा यहाँका पर्यटन व्यवसायीहरु भने निरास बनेका छन् । पाल्पामा घुम्न आउने तर बसोवासमा अन्यत्र जाने गर्दा यहाँको पर्यटन क्षेत्रको लगानी खेर गएको होटल व्यवसायीहरु बताउँछन् ।

पाल्पामा घुम्न आउने पर्यटकको लागि बसाई लम्बाउने खालको कार्यक्रमहरु, भौतिक पूर्वाधार विकासमा तीन तहकै सरकारले ध्यानदिनुपर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो ।


महर्जनका अनुसार पछिल्लो समयमा दुई अर्ब बढीको पर्यटन क्षेत्रको लगानी होटल व्यवसायमा भएकोले बसाई व्यवस्थापनको लागि व्यवसायी र सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
पाल्पा घुम्न आउने पर्यटकले गर्दा पाल्पाली उत्पादनहरु ढाका र करुवाको माग समेत बढेको छ । यस्तै बजारमा चहलपहल समेत बढाएको छ ।

यस्तै पाल्पा दरबारसंग्राहलय आसपासमा बगैंचा निर्माण, श्रीनगरको पार्क व्यवस्थापन, रानीमहल लगायतको व्यवस्थापनमा प्रदेश र तानसेन नगरपालिकाको सहकार्यमा पूर्वाधार विकासको काम भइरहेकाले समेत पर्यटकको लागि केन्द्र बन्न सक्ने गर्दछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update