Erani Mahal
सूचना आयोगका संस्थापक अध्यक्ष  वरिष्ठ पत्रकार  कसजूको निधन
kasajujjj

पाल्पा- राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष तथा पाल्पाली वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ।  पाल्पाकाे तानसेनबाट पत्रकारिता सुरु गरेका वरिष्ठ पत्रकार कसजूको मंगलबार उपचारका क्रममा काठमान्डाै‌मा निधन भएको हो।

विनय कसजूकाे फेशवुकबाट लिइएकाे तस्वीर ।

 

मंगलबार अपरान्ह २ बजे मेडिसिटी अस्पतालमा निधन भएका उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। 

निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजू बालसाहित्यकार समेत हुनुहुन्थ्याे । पाल्पाकाे तानसेनमा उहाँको जन्म सन् १९४७ जुलाई १८ मा भएको थियो।

सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा सेवा गरेका कसजू राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा सेवा गरिसक्नु भएकाे छ ।

उहाँका पशुतन्त्र, लिस्नो, थोपा थोपा लगायतका कृति प्रचलित छन्।  कसजूकाे निधनमा नेपाल पत्रकार महासघ विभिन्न स‌घ सस्था लगायतले विभिन्न माध्यमबाट श्रद्धान्जलि व्यक्त गरेका छन ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update