Erani Mahal
रैनादेवी छहरामा आजदेखि 'न्वागी महाेत्सव' सुरू
raina-devi

पाल्पा - रैनादेवी छहरा गाउँपालिका-३, भुवनपोखरीमा न्वागी महोत्सव आजदेखि नै सुरू भएकाे छ । जिल्लाकाे एक महत्वपूर्ण धार्मिक र सांस्कृतिक स्थल रैनादेवी मन्दिरमा न्वागी महाेत्सव सुरू भएकाे हाे ।

रैनादेवी छहराकाे भुवनपाेखरीमा मंसिर आज र भाेलि विशेष मेला हुनेछ । मंगलबार महाेत्सवमा ५ नं. प्रदेशका पर्यटन मन्त्र लिला गिरी लगायत प्रदेश सभाका सांसद्, स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक व्यक्तिहरू यहाँ जाने कार्यक्रम तय भएकाे छ ।

यस्तै रैनादेवी छहरा–३, भुवनपोखरीको रैनादेवी मन्दिरमा विगत लामाे समयदेखि न्वागी महोत्सव हुँदै आएकाे छ । यस वर्षकाे नयाँ धान भित्र्याएपछि नयाँ चामल देवीको मन्दिरमा चढाएर चालम दहीमा मिसाएर खाने गरिन्छ । जसलाइ न्वागी पनि भनिन्छ ।

नयाँ चालम पहिले देवीको घरमा चढाउने र त्यसपछि त्यहाँका स्थानीय बासिन्दाले नयाँ चामल, दही र केरा मिसाएर न्वागी खाने प्रचलन रहेको रैनादेवी छहरा–३, का वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो । यहाँ आउने अतिथिलाइ समेत मंगलबार दही, चामल र केराकाे न्वागी खुवाइनेछ ।

रैनादेवी मन्दिर सञ्चालनार्थ परापूर्व कालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगर जातिका पुजारीले पूजा आजा गर्ने व्यवस्था छ । यस मन्दिरको वरिपरि दुर-दराजका गाउँहरू सम्म कार्तिक महिनामा धानबाली स्याहारी नयाँ अन्नको प्रसाद(अक्षता) देवीलाई चढाई मात्र दही चामल मिलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा चलिआएको छ । सोही अक्षता देवीलाई चढाउने पुजा कार्यक्रमलाई न्वागी पर्व पनि भन्ने गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update