Erani Mahal
आलु लगाउन सिकाउदै रामपुरकाे वडा कार्यालय
आलु

पाल्पा - उर्भरभुमि रामपुर नगरपालिकाको वडा नम्बर ६ ले आलु महोत्सव गर्ने गरि किसानलाई आलु खेतीमा प्रोत्साहन गरेको छ ।

गतबर्ष सामुहिक आलु खेतीलाई जोड दिएको वडाले यस बर्ष वडालाई आलु उत्पादनमा चिनाउन आलु बिउमा अनुदान सहित लगाउन प्राविधिक सहयोग, परामर्श तथा अन्तरक्रिया गरेको छ । बिजयपुर कृषि सहकारीले किसानसँग समन्वय गरि आलु बिउ छनोट, लगाउने तरिका तथा रोग किरा र औषधी प्रयोगको बारेमा जानकारी दिएको हो ।

आलुमा आत्मनिर्भर गराउने र आलुबाट वडालाई चिनाउन वडा महोत्सब गर्ने योजना अनुरुप आलुखेतीमा वडाले प्राथमिकता दिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

आलु लगाउन उन्नत जातको बिउमा सहयोग गरेका छौं,वडाध्यक्ष न्यौपानले भन्नुभयो–आबश्यकता अनुसार आलुको बजारीकीकरणमा पनि उत्तिकै सघाउनेछौ । अन्तरक्रियामा वडाका ६० जना किसानको सहभागिता रहेको थियो । तालिममा रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे र कृषि प्राबिधिक प्रज्वल के.सीले सहजीकरण गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष सुर्य प्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष घनश्याम देवकोटाको स्वागत र सचिब ओम प्रकाश रेग्मीको सञ्चालनमा अन्तरक्रिया भएको हो ।

रामपुर नगरपालिका वडा नम्बर ६ ले यसबर्ष आलु पकेट क्षेत्रको रुपमा वडालाई विकास गर्न सामुहिक तथा व्यक्तिगत रुपमा किसानलाई ५० प्रतिशत अनुदानमा १सय २८ बोरा आलुको बिउ बितरण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update