Erani Mahal
तिनाउँको ओखलढुंगामा प्रहरीद्वारा शैक्षिक सामग्री वितरण
78567097_812950232489631_4727377666989096960_n

पाल्पा– तिनाउँको कचल ओखलढुंगामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समुदाय र प्रहरीबीचको साझेदारीमा समुदायका समस्या समाधान गर्नका लागि प्रहरीले संचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम वडा नं. १ को कचल ओखलढुंगामा गरिएको हो ।


सो कार्यक्रम मार्फत जन प्राथमिक विद्यालयका एकाहासी जना गरीब जेहेन्दार विद्यार्थीलाई कापी,कलम, किताव र स्टेशनरी सामग्री समेत सहयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीको नेतृत्वमा गएको प्रहरीले उक्त सहयोग हस्तान्तरण गरेको हो । उहाँले प्रहरी जनताको सेवक भएकाले जनता र प्रहरीको समाजस्यता बढाउँन जनतासँग प्रहरी कार्यक्रम संचालन गर्दै आइरहेको बताउनुभयो ।


गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गाउँ गाउँमा शान्ति सुरक्षा र सहयोगमा प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले दोभान चौकीले गाउँपालिकासँग समन्वयमा विभिन्न कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा प्रवक्ता राजेश श्रेष्ठ, वडा नं. १ का अध्यक्ष रोमबहादुर लम्तरी, दोभान चौकीका इन्चार्ज बालबहादुर घर्तीले आफ्नो भनाई राख्नुभएको थियो ।


जनप्राविका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता र प्रधानाध्यापक भीमबहादुर पुनको स्वागत तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य रमेश बोहोराको संचालनमा कार्यक्रम भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले रानीमहलालाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update