Erani Mahal
पाल्पाकाे साेमादीमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु, एक जना घाइते
6-1

पाल्पा– रैनादेवी छहरा गाउँपालिका–२, सोमादी अधेरीगैरामा मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भुवनपोखरीबाट सोमादीतर्फ जाँदै गरेको लु २८ प ३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अर्घाखाँची–पडेना–३, साधनबुटा बस्ने ४० वर्षका लक्ष्मण नेपालीको मृत्यु भएको हो ।

सडकबाट मोटरसाइकल सहित पाँच मिटर तल खसेका नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाइकल पछि बस्नुभएका रिब्दीकोट गाउँपालिका–३, हार्थोक बस्ने ३० वर्षका सुदन गैरे घाइते हुनुभएको छ ।

प्रतिनिधि तस्विर : स्राेत गुगल ।

गैरेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । प्रहरी चौकी मुझुङ्का प्रमुख गोपाल पुनका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update