Erani Mahal
पाल्पामा नवौं जिल्ला स्तरीय तेक्वाण्दाे खेल सम्पन्न
Photo-1-1

पाल्पा - जिल्ला सदरमुकाम तानसेनमा जारी नवौं जिल्ला स्तरीय तेक्वाण्दाे प्रतियोगितामा विभिन्न ताैल समूह अनुसार खेलाडीहरू बिजयी भएका छन् । टुडिखेल मैदानमा भएको खेलमा स्पारिङ तर्फ पुरुषमा २१–२५ केजी समूहमा तानसेन दोजाङका एन्जल रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् ।

३६–४० केजी समूहमा तानसेन दोजाङकै रजन रेग्मीले स्वर्ण पदक हासिल गरेका छन् । ४१–४५ केजी समूहमा आवसीय दोजाङका अशोक पुलामीले स्वर्ण पदक प्राप्त गरेका छन् । ४६–५० केजीमा बेथल दोजाङका विनोद रखाल, ५१–५५ केजीमा रामपुर दोजाङका जिज्ञासु राना, ५६–६० मा आवासियका सुजन पचभैया, ६० केजीदेखि माथि समूहमा बेथल दोजाङ विशाल काम्मुले स्वर्ण पदक पाएका छन् ।


त्यस्तै महिला तर्फ २१–२५ केजी समुहमा बेथलकी इस्मन सिंजाली, २६–३० मा आवासीयकी समिक्षा गाहा, ३१–३५ केजी समूहमा मदरल्याण्डकी रोशनी श्रेष्ठ, ३६–४० मा विजुकी एलिसा थापा, ४१–४५ केजी समूहमा मदरल्याण्डकी इन्सु राना, ४६ देखि ५० केजी समूहमा तानसेनकै सदिक्षा खनाल त्यस्तैगरी ५१–५५ मा प्रिपेटोरीकी ममता गाहा र ५६–६० केजी समूहमा मदरल्याण्डकी प्रविना बैजालीले स्वर्ण पदक प्राप्त गरेका छन् ।

एकल महिला प्याटन तर्फ पहेलो पेटीमा मदरल्याण्डकी रोशनी श्रेष्ठ, हरियोमा इन्सु राना, निलोमा तानसेन दोजाङकी स्मृती थापा, रातोमा प्रिपेटोरीकी ममता गाहा, कालो पेटीमा आवासीयकी समिक्षा गाहाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

त्यस्तै एकल पुरुष प्याटन तर्फ पहेलो पेटीमा प्रिपेटोरीका एन्जिल दर्लामी, पहेलोमा मदरल्याण्डका विनोद पुन, निलोमा तानसेनका एन्जल रेग्मी, रोतोमा प्रिपेटोरीकै निशान्त के.सी., कालोमा तानसेन दोजाङका निशप थापाले स्वर्ण पदक जितेका छन् ।

स्पारिङ तर्फै २१–२५ केजीमा आवसीयका सुवास रानाले रजत पदक, बेथलका समिर विसी काँस्य र विजुका सरोज बस्यालले काँस्य पदक हासिल गरेका छन् । त्यस्तै ३६–४० केजीमा आवासीयका कुमार कुमाईले रजत, बेथलका विश्वास मस्राङ्गीले काँस्य र तानसेन दोजाङका निरज थापाले काँस्य पदक जितेका छन् ।


४१–४५ केजी समूहमा तानसेनका आर्जित सारुले रजत, बृन्दाबनका शिशिर पचभैयाले काँस्य र रामपुरको शंकर न्यौपानेले काँस्य पदक पाएका छन् । त्यस्तै ४६–५० मा वेथलका रमेश नेपालीले रजत, मदरल्याण्डका विवश बुढाले काँस्य, तानसेनका विक्रम सारुले काँस्य पदक, ५१–५५ केजीमा मालागिरीका तुलबहादुर सारु रजत, वेथलका नरेश गाहाले काँस्य, तानसेनका शौरभ श्रेष्ठले काँस्य पदक प्राप्त गरेका छन् । ५६–६० मा रामपुरका पारस शाहीले रजत पदक, मालागिरीका मिलन रानाले काँस्य र प्रिपेरेटरीका गन्जराम विकले काँस्य पदक पाए ।

६० केजी देखि माथि समूहमा रामपुरका विवेक नेपाली रजत, आवासीयका सुरज सारु काँस्य र तानसेनका निसप थापाले काँस्य पदक प्राप्त गरेका छन् । महिला तर्फ २१–२५ केजीमा आवासीयका लेनिम गाहाले रजत, लिजा शाही काँस्य र ओसिन कुँवरले काँस्य पदक पाएका छन् । त्यस्तै २६–३० केजीमा आवसीयकै कृष्टिना गाहाले रजत, केकी बस्यालले काँस्य र बृन्दावनकी कृति खनालले काँस्य पदक जितेका छन् ।

३१–३५ केजीमा वेथलकी सामना केसी रजत, आवासीयकी विपाशा छहारी काँस्य र विजुकी निलिमा कुमालले काँस्य पदक प्राप्त गरेका छन् । ३६–४० केजीमा आवासीयकी स्मृति सारुले रजत, दिया दर्लामीले काँस्य र विजुकी प्रियान्सु न्यौपानेले काँस्य पदक त्यस्तै ४१–४५ केजीमा रामपुरकी वर्षा मल्ल रजत, तानसेनकी स्मृति थापाले काँस्य र रितु मस्याङ्गीले काँस्य पदक जितेका छन् । ४६–५० केजीमा आवासीयकी मोनिका राना रजत, बृन्दाबनकी प्रिति राई काँस्य, सन्जु गाहाले काँस्य पदक पाए ।

५१–५५ केजीमा तानसेनकी रोशनी थापा रजत, आवासीयकी रुस्मा बगाले काँस्य र बृन्दावनकी निर बज्राचार्यले काँस्य पदक हासिल गरेका छन् । ५६–६० मा रामपुरकी अनिता श्रेष्ठ रजत, आवासीयकी अंशु लामा काँस्य र प्रिपेरेटरीकी रोमा थापाले काँस्य पदक हासिल गरेका छन् । महिला प्याटन तर्फ पहेलो पेटीमा निर बज्राचार्यल, हरियोमा एलिसा थापा, निलोमा प्रविना बैजाली, रातोमा रोशनी थापा, कालो पेटीमा मोनिका रानाले रजत पदक हासिल गरेका छन् ।


पुरुष तर्फ पहेलो पेटीमा महेन्द्र बुढा, हरियोमा विशाल राना, निलोमा अर्जन गाहा, रातोमा एनिज गुरुङ, कालोमा विक्रम सारुले रजत पदक जिते । प्रतियोगितामा पुरुष जुनियर तर्फ तानसेन दोजाङका एन्जल रेग्मी र महिला तर्फ समिक्षा गाहा उत्कृष्ठ खेलाडि घोषित भएका छन् । त्यस्तै पुरुष सिनियरमा रामपुरका जिज्ञासु राना र महिला तर्फ ममता गाहा उत्कृष्ठ घोषित भएका छन् । पाल्पाका विभिन्न दोजाङबाट २१५ बढी खेलाडीले प्रतिस्पर्धामा सहभागी भएका थिए ।

प्रतियोगिता सम्पन्न गर्न बिजयीलाई पुरस्कार र अन्य आर्थिक सहयोग आईटिएफ, तेक्वाण्डोका चौथो डान तथा अन्र्तराष्ट्रिय प्रशिक्षक सुरज थापा मगर र आले डेन्टल हस्पिटल प्रा.लि.ले सहयोग गरेको प्रतियोगिता आईटिएफ तेक्वाण्डोका कृष्ण थापाले जानकारी दिनुभएकाे छ ।

प्रतियोगितामा विभिन्न तौल र ग्रेडका खेलाडीहरु बीच स्पायरिङ्ग, प्याटन विधामा २८ स्वर्ण, २८ काँस्य र ३४ रजत पदका लागि प्रतिस्पर्धा पाल्पा जिल्ला आइटीएफ तेक्वाण्डो संघका अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक नीरबहादुर सारुले जानकारी दिनुभयाे । विजयी खेलाडिलाई ५ नं. प्रदेश सभा सदस्य नारायण आचार्यले पुरस्कार वितरण गर्दै खेलकाे विकासका लागि प्रदेश र स्थानीय सरकार सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update