Erani Mahal
सहकारीले महिलालाई आर्थिक र समाजिक भूमिकामा सक्षम बनाउँदै
ss

बन्दना पाेखरेल, पाल्पा -“पहिला बोल्न पनि नजाान्ने मान्छेका अगाडि उभिन लाज र डर मान्ने महिला आज आफ्नै सहकारी सन्चालन गरेका छौ,” सहकारी मार्फत आम्दानी समेत गर्न थालेका छाैँ गल्धा सामाजिक महिला उद्यमी सहकारी सस्ंथाका उपाध्यक्ष सिता अर्यालले भन्नुभयाे । शनिबार भएको सहकारीको साधारण सभामा अर्यालले मात्र हाेइन अन्य सहकारीका महिलाले पनि यही भनिरहेका थिए ।

हेफर इन्टरनेसनल नेपालले सहयाेगमा विभिन्न खालका तालिम लिएपछि गल्धाका महिला आर्थिक रूपमा सबल मात्र हाेइन सामाजिक रूपमा समेत नेतृत्वदायी भूमिकामा छन् । यहाँका महिलाले सहकारी संस्थामार्फत महिलाले आम्दानी गरिरहेका छन् । गाउँका महिलालाइ शसक्तिकरण गरेर उनीहरूलाइ आम्दानी गर्नतर्फ अग्रसर गरिएकाे हाे । अहिले यहाँका महिलाले बाख्रा, खसी, बाेका पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

शनिबार भएकाे सहकारी संस्थाकाे साधारणसभामा ५ नं. प्रदेश सभा सदस्य महिलाहरू आफै सक्षम भइ आम्दानी गर्न सकेकाेमा बधाइ दिनुभयाे । उहाँले महिलाले घरकाे काम गरेर पनि आयआर्जनमा लागेकाे देख्दा आफूलाइ खुसी लागेकाे सुनाउनुभयाे । उहाँले सहकारी संस्थाका लागि आफू सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।

कार्यक्रममा पूर्वखाेला गाउँपालिकाका अध्यक्ष नूनबहादुर थापाले सहकारीबाट गाउँकाे विकास सम्भव रहेकाे धारणा राख्नुभयाे । उहाँले व्यक्ति, परिवार र समाजलाइ समृद्धिमा जाेड्ने माध्यम् सहकारी बन्ने सक्ने बताउनुभयाे । यस्तै गाउँपालिका उपाध्यक्ष रीता अर्यालले सहकारीकाे सफलताकाे शुभकामना दिनुभयाे ।

साधारणसभामा सहकारीका व्यवस्थापक दिलमाया सारुले प्रगति प्रतिवेदन पेश गर्नुभएकाे थियाे । उहाँले गत आवमा ४ सय ६४ शेयर सदस्य रहेको सहकारीको जम्मा कारोवार १ करोड ७० लाख ९५ हजार ५सय ७१ गरेकाे जानकारी दिनुभयाे ।

गत आवमा सहकारी मार्फत ५४ लाख ३ हजार ६३ बरावरको बाख्रा बिक्री भएकाे छ । आगामी वर्ष १२ सय खसीबाेका बिक्री गर्ने लक्ष्य सहकारीले लिएकाे छ । यस्तै सेयर सदस्य ६ सय, र गेडागुडी, कुखुरापालनमा समेत लगानी बढाउने सहकारीकाे लक्ष्य रहेकाे छ ।

कार्यक्रममा शुभकामना दिनेहरुमा हेफर ईन्टरनेशनल नेपालका कार्यकारी अधिकृत शोभाखर न्यौपाने, ग्रामिण विकास संघ रेडाका कार्यक्रम संयोजक प्रेम वहादुर गोदार, समाजसेवी रामप्रसाद खत्री, वडा सदस्य दुर्गा सोमै, पशुसेवा प्रमुख ओम बहादुर मश्राङ्गी सरास्वती माविका प्रधानाध्यापक सुशिल ढकाल, सल्लाहाकार टेक बहादुर सारु लगाएतले आफ्ना भनाइ राख्नुभयाे ।

साधारणसभा सहकारीकी अध्यक्ष तिरणकुमारी श्रेष्ठकाे अध्यक्षता र सचिव देवीसरा रूचालकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update